हमार सनेश ड्टकम,,
केलाङ ( मलेसिया ):= तामाङ बौद्ध महासंघ मलेसियाद्वारा दर्शन भेटघाट सम्मान तथा तामाङ सँस्कारसँस्कृती लगायत बौद्ध धर्म सम्बन्धि प्रबचन कार्यक्रम आयोजना हुने भएको छ ।
तामाङ बौद्ध महासंघ नेपालका सँस्थापक अध्यक्ष तथा श्रद्रेय बौद्ध धर्मगुरु तामाङ खेन रिन्पोक्षेको प्रमुख आतिथ्यतमा तामाङ समुदायको धर्म,कला,सँस्कार सँस्कृती,भेषभुषा,लिपि शिक्षा आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्वमै गौरवसाली बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई सभ्य समाज र राष्ट्र निर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यका साथ बौद्ध महासंघ नेपाल द्वारा संचालित तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण सिविर संचालन गरि सफल बनाउन सहयोग गर्नु हुने श्रष्टाहरुलाई सम्मान समेत गर्ने महासंघ मलेसियाका महासचिव सोनाम नोर्बु बोम्जनले बताए ।
बौद्ध धर्म प्रती आस्था राख्नु हुने,नहुने मलेसियामा कार्यरत रहनु भएका सम्पुर्ण नेपाली समाजसेवी,पत्रकार,कलाकार,संघसंस्थाका प्रतिनिधिलाई जुन ९ तारिख आईतवारको दिन दिउँसो १२ बजे केलाङ चौतारी रेष्टुरेन्टमा उपस्थित भैई कार्यक्रमको सोभा बढाईदिन महासचिव बोम्जनले स्वागत सहित आग्रह समेत गरेको छ ।

