डि.एन.चौधरी,,
उदयपुर:= थारु जातीलाई भेष भुषा वितरण गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ६ ले आफना वडा भित्रका ६० जना थारु महिला पुरुषलाई,थारु जातीको भेष भुषा संरक्षणका लागी सारी, धोती, मुरठा वितरण गरिएको हो।
थारु जातीको भाषा, धर्म, सस्कृति, भेष भुषा रितिरिवाज, पहिरनलाई बाचाई राख्नका लागी थारु जातीको पोशाक वितरण गरिएको वडा अध्यक्ष निर्मल चौधरीले बताए । उनले, निरन्तर थारु जातीको भाषा, धर्म,सस्कृतीको संरक्षणका लागी रहने बताए । यो वर्ष सारी,धोती र मुरठा मात्र वितरण गरिए पनी आर्थिक वर्ष २०७६/७७ मा थारु जातीको मौलीक वाजा,गर गहणा,धर्म संस्कृती संरक्षणमा जोड दिएको बताए ।