मलेसियामा कार्यरत श्रमिकहरुको हकहित र निति,तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न ।

Tuesday, 9 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ईश्वर राई ,,
क्वालालम्पुर ( मलेसिया ):= जुलाई ८ तारिखका दिन मलेसिया स्थित नेपाली राजदुतावासको आयोजनामा गैर आवसीय नेपाली तथा श्रमिकहरुको हक हित र नीति तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेको अध्याक्षतामा भएको उक्त कार्यक्रममा परराष्ट्रमन्त्रालय सामान्य प्रसाशन महाशाखा, नीति योजना, बिकास कुटनैतिक महाशाखा प्रमुख काली प्रसाद पोखरेल, अर्थ मान्त्रालयका उपसचिव थान प्रसाद पंगेनी साथै परराष्ट्रमन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सकृय सहभागी रहेको थियो ।

श्रमिकहरुको तर्फबाट बक्ताहरुले दुतावासको सेवा र सुबिधालाई स्तर उन्नति गर्नु पर्ने, अलपत्र परेका नेपालीहरुलाई उद्धार गरि राख्न सेल्टर हाउस राखिनु पर्ने, नेपाली उत्पादन तथा पर्यटनलाई प्रबर्द्धन गर्न डेक्सको स्थापन गर्नु पर्ने, नेपाली ब्यबसायीहरुको लागि नितिगत तथा कुटनैतिक तवरबाट अनकुल वातावरण बनाउन पर्ने र मलेसियाको बैदेशीक रोजगारी नेपालीहरुको लागि उपयुक्त नै भएको तर नेपाली श्रमिकहरुको पुर्णरुपमा हकहित सुरक्षीत हुने गरि मलेसियाको बैदेशीक रोजगारी खोलिनु पर्न बिषयमा नै केन्द्रित रहेर बोल्नु भएको थियो ।

जिज्ञासा, समस्या र सुझावहरुको सुनुवाइ पश्चात् कार्यक्रममा बोल्दै महाशाखा प्रमुख पोखरेलले बैदेशिक रोजगारीको मुख्य गन्तव्य बनेका देशहरुमा श्रमिकहरु सम्बन्धि धेरै समस्या आउने गरेको र बिशेष गरि मलेसियाको समस्या प्रति गम्भीर छौँ र नेपाल सरकारको सम्बन्धित  निकायमा श्रमीकहरुको हक हित सुरक्षित हुने नीति ल्याउनु सुझाव दिने बताउनु भयो । साथै समस्या समाधान, नेपाली उत्पादन र पर्यटन प्रबर्द्धनका लागी सबै संघ संस्थालाई दुतावास संग सहकार्य गर्न आग्रह गर्नु भयो ।

नेपाल सरकारले विभिन्न देशमा रहेका नेपालीहरुको लागी गैर आवासीय नगरिकता निति ल्याउने तयारी गरिरहेको र यस नितिले बिदेशमा हासिल भएका सीप, ज्ञान, प्रबिधि र पुजीलाई नेपालको बिकासको लागि नै लगानी गर्ने नीति रहने पनि पोखरेलले बताउनु भयो ।

यसै क्रममा अर्थमन्त्रालयका उपसचिव थान प्रसाद पंगेनीले मलेसियाको दुताबास बिगतमा भन्दा धेरै नै सुधार भएको साथै अझै धेरै सेवा तथा सुबिधा थप गर्ने नेपाल सरकारको नीति अनुसार लगभग एक दशक अगाडि मलेसियाको राजधानी पुत्राजयामा सरे संगै तेस क्षेत्रमा नेपाली दुतावासको भवन निर्माणका लागि जग्गा खरिद गरेको छ र भवन निर्माणका लागि प्रत्येक बर्ष बजेट छुटिए पनि मलेसियाको कानुनि प्रकृया र नेपाल दुतावास प्रमुखहरुको कम सकृयताले ढिला भएको बताउनु भयो । अब अनुभबि राजदुत मलेसियाले पाएकोछ उहालाई सबै संघ संस्थाले साथ सहयोग गरी दुतावासको काम कार्वाही र सेवा सुविधा गुणस्तर बनाउन अनुरोध गर्नु भयो । अर्थ मन्त्रालय आबश्यक सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै राजदुत उदय राज पाण्डेले राजदुतावास सधै संघ संस्थालाई सहकार्यको लागि आग्रह गर्दै सहभागी सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu