थरुहट/थारुवान प्राप्तीको लागी घर घरबाट उठ्नुपर्छ :- नेता लक्ष्मण थारु ।

Thursday, 4 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दुष्यन्त चौधरी /कृपा दैनिक ,,
कलैया:= टिकापुर कैलाली घटनामा आरोपित रहेका लक्ष्मन थारुले अब थारु समुदायको हक अधिकार स्थापीत गराउनको निमित घरघरबाट थारु सडकमा निस्कन आवश्यक रहेको जानकारी दिए । बाराको डुमरवाना बहुमुखी क्याम्पसमा सम्पन्न थरुहन आनदोलन माग मुद्दा र अबको बाटो भन्ने विषयमा थारु समुदायको भेलामा टिकापुर कैलाली घटनामा आरोपित रहेका थारुले यस्तो भनेका छन् ।

 टिकापुरमा यहि मिति भाद्र ७, ८,९ गते हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा घरघरबाट थारु अब निस्कन जरुरी रहेको सुनाए । थरुहट विद्रोह दिवस मनाउन टिकापुर जाँऔं , थरुहट थरुवान राष्ट्रिय सम्मेलन सफल पारौ भन्ने नाराका आरोपित थारु देश डौरानमा हिडि रहेको छ । टिकापुरमा हुने राष्ट्रिय सम्मेलन सफल पार्नको लागि बारा, पर्साका थारु समुदायको थारु अगुवाहरुको भेलाबाट समिति पनि चयन गरेको छ ।

सरकारले थारुमाथि गरेको दमन, बिभेदलाई चिर्नको लागि थारुहरु एक भएर लाग्नुपर्ने जनाए । लक्ष्मण थारु अहिले देश डौरानमा छन् । उनको टोलीमा मिनराज चौधरी, रमेश चौधरी, रामप्रसाद चौधरी, चुनीराम चौधरी, विसाल चौधरी लगायतको रहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu