आरएन चौधरी थारु,,
कैलाली := थारु समुदायका जल्दाबल्दा सुपर मोडल वीर चौधरीले अभिनय गरेका पुनः अर्को नयाँ "चुरी,पायल,कङ्गना"बोलको गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन ।
वीर संगसंगै नवलपरासी जिल्ला निवासी एकदमै नयाँ मोडल ममता चौधरीले मनमोहक अभिनय गरेको भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा थारु समुदायको जातिय पहिचान झल्किने पहिरनलाई समेत दर्शक माझ पस्केका छ्न भने तराईमा बसोबास गर्ने थारु गाउँको झझल्को समेत देख्न सकिन्छ ।
चर्चित थारु गायिका अनु चौधरी र दिप्सेन चौधरीको स्वरमा सजिएको यस् गितको म्युजिक भिडियोमा नृत्य निर्देशन अजय महतो , निर्देशक हिरा चौधरी,छायांकन पतिराम थनैत, ब्यवस्थापन गणेश चौधरी लगायतको रहेको छ ।