काठमाडौं := स्थानीय जनप्रतिनिधिले आफैं डोजरको मालिक भएर जथाभावी सडक खनाएको आरोप खेपिरहँदा इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले आफ्नै घरको पर्खाल डोजर लगाएर भत्काएका छन। पत्रकारसंगको विवाद प्रकरणमा विवाद आएपछि उनले सडक मिचेर घर बनाएको भन्ने विषय सतहमा आएको थियो । उनले यस्तो प्रमाणित भए आफैं भत्काउने प्रतिवद्धता व्यक्त गर्दै आएका थिए ।
सडक मिचेर बनाएको संरचना भत्काउने अभियानको सुरुवात मेयर चौधरीले आफनै घरबाट गरेका हुन् । मेयर चौधरीले आफ्नै अगुवाईमा इटहरी १७ मा रहेको आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन् । डोजर लगाएर घर भत्काए संगै सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिए । मुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए ।
उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन। महिलाहरु माथि अपशब्द बोलेपछि मेयर चौधरी विवादमा तानिएका थिए । समाजिक विकृति बिरुद्ध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बोल्ने क्रममा महिलाहरुको अस्मितामानै आच आउने गरी बोले पनि सहि नै बोलेका थिए शब्द मात्र चयन गर्न चुकेका थिए। मेयर चौधरीले पछि माफि मागेका थिए ।
केही समय अगाडि खानेपानी योजनामा घोटाला गरेको भन्दै आफ्नै पार्टीका नेतालाई समेत सार्वजनिक कार्यक्रममै झाप्पड हानेका थिए भने भ्रष्टाचार गर्नेलाई सघाउने पत्रकारको नाकको डाडी भाच्ने प्रतिक्रिया दिएर एकाएक चर्चामा आएका मेयर चौधरी भ्रष्टाचार विरुद्धमा खरो रुपमा उत्रिदै आईरहेको छ।