आफ्नो फ़ोहोर भएको पोखरी आफैले सफा गर्न NRNA मलेसियालाई आईसिसि सदस्य विश्व राईको आग्रह !

Wednesday, 10 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ईश्वर राई ,,
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ मलेसियाले जुलाई ९ तारीख गेर आवासिय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुमार पन्तलाई स्वागत तथा एनआरएनए सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेकोछ ।
उक्त कार्यक्रममा एनआरएनए मलेसियाका सिमित पदाधिकारी र शुभचिन्तकहरुको उपस्थिति थियो भने नेपाली ब्यबसायी, नेपली संघसंस्थाका प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको उपस्थिति थिएन ।

कार्यक्रममा बोल्दै आफ्नो पोखरी फोहोर भए आफैले सफा गर्नु पर्ने भन्दै मलेसियाका सबैलाई आग्रह गर्दै अधिवेशन नजिकिएको र यो अधिवेशन परीक्षा हो यसको राम्रो नतिजाको लागि मेहनत गर्नु पर्ने आईसिसि सदस्य विश्व बिक्रम राईले बताए ।यसै क्रममा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसियामा नेपालीहरुको ठुलो जमात रहेपनि एनआरएनए का सदस्य कम रहेकोले सदस्य वृद्धि र संगठन बिस्तारमा लागि पर्ने बताए ।
अन्तरकृया कार्यक्रममा आफ्नो जिज्ञासा र सुझाव राख्दै प्रोफेसर धिरेन्द्र कोईरालाले एनआरएनए का मुख्य पदमा आउन सबैलाई सहज तरिकाको नीति हुनु जरुरी रहेको र पैसा र पावरको आडमा नेतृत्व चयन नहोस भन्ने सुझाव दिए ।

यस्तै गैर आवासीय नेपाली संघको अर्थ र महत्व नै मलेसियामा रहेको नेपालीहरुको ठुलो जमातले बुझेको छैन किन ? बैदेशिक रोजगारमा आएका नेपाली मात्र नभै केही पुस्ता देखि मलेसियामा बस्दै आएका नेपालीहरु पनि धेरै छन् तर किन एनआरएनए मा संगठित हुनु सकेको छैन ? यो मलेसियाका समितिको कमजोरी कि नितिको कमजोरी हो ? जिज्ञासा राख्दै मलेसियामा २ बर्ष बसाई पश्चात् मात्र एनआनएनए को सदस्य हुन पाउने नीति श्रमिक मैत्री नभएको सुझाव नेपाल ब्याबसयी समाज मलेसियाका सचिब बिपिन राईले दिए ।

देश भन्दा बाहिर रहेका ८० लाख नेपालीहरुलाई सामाजिक, संस्कृतिक र आर्थिकरुपमा संगठित गरि देशको बिकास गर्न गैर आवासिय नेपाली संघ स्थापना भएको हो । बिश्वका विभिन्न ठाउमा रहेर आर्जन गरेका सीप, ज्ञान, प्रबिधि र पुजीलाई संकलन गरि देशमै लगानी गर्ने हो भने नेपालको समृद्धि र बिकास धेरै छिटो गर्ने सकिनेछ । यसका लागि गैर आवासिय नेपालीहरुले मात्रै लगानी गर्न पाउने र लगानी सुरक्षाको ग्यारेन्टि गर्ने नेपाल सरकारको बिधानमै  पारित भएको छ । केही प्रोजेक्टहरु सम्पन्न भैसकेको छ भने केही चालु रहेकोछ र अन्य थप प्रोजेक्टहरु ल्याउने योजानामा गैर आवासीय नेपाली संघ रहेको केन्द्रीय उपाध्यक्ष कुमार पन्तले जानकारी दिए । 

जब एक देशको नागरिक अर्को देशमा गएर १८२ दिन भन्दा बढि बसोबास गर्छन तब त्यस राज्यलाई कर तिर्नु पर्ने अन्तराष्ट्रिय कानुन छ । तेसै अनुसर हामी नेपाली पनि आफ्नो देश छोडरे बैदेशिक रोजगारीको लागि, ब्यबसाय र अध्यायनको लागि बिदेशमा बसोबास गर्ने सबै गैर आवासिय नेपाली हो सबैले एनआनएनए को सदस्य हुन पाउने प्राबधान छ । सदस्यता ग्रहण गरेका गैर आवासीय नेपालीहरुको लागि धेरै सुबिधा रहेको र थप सुबिधाहरु ल्याउने योजना पनि रहेको छ उपाध्यक्ष पन्तले बताए ।

यो समाजिक कार्य भएकोले तछाड र मछाड गर्न जरुरी छैन एनआरएनए मलेसियामा चुनाबि प्रक्रियाबाट नेतृत्व चयन भएको ईतिहास छैन र त्यो कायम रहोस नेतृत्व सर्बसहमतिबाट नै चयन गर्ने एनआरएनए मलेसीयाक समितिलाई पन्तले आग्रह गरे ।
यश कार्यक्रमको समापन एनआरएनए का आईसिसि सल्लाहकार संकर बहादुर पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेले गर्नु भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu