आरएन चौधरी थारु,,
कैलाली := केही समय अगाडी मात्रै सार्वजनिक गरिएका चुरी पायल कंगना , तिमी बिना , लगायतको चर्चित थारु,नेपाली भाषाको गितहरु युट्युबमा तहल्का पिटिरहेको बेला थारु समुदायका जल्दाबल्दा सुपर स्टार मोडल वीर चौधरीले अभिनय गरेका पुनः अर्को एकदमै नयाँ थारु भाषाको रोमान्टिक गित "धडकन चले जवतक तु" बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन।
वीर संगसंगै खासगरी भोजपुरी गितको भिडियोमा अभिनय गर्न रुचाउने झट्ट हेर्दा कुहिरिनी जस्तै देखिने थारु भाषाको गित चुरिया गुरियाको टाइटलमा खेलेर चर्चामा आएका चिरपरिचित कलाकार तथा मोडल समिता गिरीको मनमोहक अभिनय समेत देख्न पाइन्छ।
प्रतिमा चौधरीको लगानीमा निर्माण गरिएको यस गितको भिडियोकाे छायांकन पतिराम थनैतको टिमले पुर्व देखि पश्चिम सम्मका जिल्लाहरुमा पुगेर विभिन्न रमणीय स्थलमा सुटिङ गरिएको हो। निर्माता चौधरीले कुरा गर्दै , रोमान्सले भरपुर यस् भिडियोमा नेपाल् भित्रकै जिल्लाहरुमा रहेको अलिक मनमोहक स्थल र आकर्षक दृश्यहरु समाबेश गरिएको हुँदा पक्कैपनि दर्शक क्ष्रोताहरुले मन पराउनु हुनेछ भन्ने बिश्वास ब्यक्त गरिन ।
चर्चित गायक,गायिका गणेश चौधरी र अनु चौधरीको स्वर रहेको यस् भिडियोको निर्देशन तथा सम्पादन हिरा चौधरी,धर्मेन्द्र सिंह चौधरीले गरेका हुन भने वीर चौधरी र समिता गिरीले अभिनय संगै भरपुर रोमान्स गरेका छ्न ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :