ईश्वर राई ,,
क्वालालम्पुर (मलेसिया):= नेपालले मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया ईन्टरनेशनल ओपन टेक्वान्दो प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कास्य पदक जीतेको छ ।
यस प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडिहरु र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा गैर आवासिय नेपाली संघ मलेसियाका बर्तमान महासचिव सुन्दर अालेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
उक्त प्रतियोगितामा फाईटर तर्फ १०-१२ बर्ष उमेर समुहमा आयुस ढुंगेल र १२-१४ उमेर समुहमा रिमा खत्रिले नेपालको लागि स्वर्ण पदक जिताएका हुन । यसै प्रतियोगितामा ह्याभी वेट तर्फ सोनाम नोर्बु तामाङ र फाईटर तर्हेफ हेमकला जिरेलले रजत र फुन्से तर्फ चन्दु शाहिले कास्य पदक जितेका थिए।
नेपाली टिम म्यानेजर केशब कुमार कार्की , मनि कुमार मगर, हेड अफ दि टिम टेमा सिद्धि लामा,टिम कोच गणेश पाण्डे, सुमन कुमार लामा, श्रीकृष्ण खड्का र मेडिकलपर्शन अन्जु फुयालको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो।
यस प्रतियोगितामा जापान, कोरिया, ब्राजिल, चाईना, मलेसिया लगायत देशको सहभागीता थियो र नेपालको खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको खेलाडि सम्मान कार्यक्रममा बोल्दै टिम कोच गणेश पाण्डेले बाताए ।