मलेसियामा माघी महोत्सवको तयारी/सेप्टेम्बर १५ तारिख क्वालालम्पुरमा थारु भेला हुँदै ।

Wednesday, 4 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
थरुहट थारुवान बिकासको निम्ति/थरुहट पहिचानको निम्ति/थारु युवाहरू बिच एकताको निम्ति” भन्ने मुल नारा,उदेश्यको साथ स्थापना गरिएको प्रवासी थारु सेवा समाज मलेसिया केन्द्रिय समिती क्वालालम्पुर र थारु ग्रुपअफ मलेसियाको संयुक्त आयोजनामा नियमित बैठक,अन्तरक्रिया तथा अधिबेशन कार्यक्रम हुने भएको छ ।

यहीँ सेप्टेम्बर १५ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा उक्त कार्यक्रम आयोजना गर्ने तय भएको समाजका कार्यवाहक अध्यक्ष राम प्रकाश चौधरी(थारु)ले बताए।थारुको अनुसार केही समयदेखि निष्क्रिय रहेको थारु कमिटी मलेसियालाई सक्रिय बनाउन नयाँ नयाँ थारु युवा,युवतीहरुको हातमा अबको कार्यभार सुम्पिने र अधिबेशनबाट नयाँ कार्यसमिती छनौट गर्ने तयारी चलिरहेको र मलेसियाको बसाइँ सकेर घर फिर्ती हुने संस्थामा आबद्ध पदाधिकारीहरुलाई बिदाई तथा नयाँ नयाँलाई उच्च सम्मान सहित स्वागत समेत गरिने कार्यसमितीको योजना रहेको बताए।

साथै उक्त बैठकले संस्थाको आगामी कार्य योजना तर्जुमा र आउदो माघी महोत्सव मलेसियाको थारु समुदाय एक भएर कसरी मनाउने भन्ने बारेमा विशेष छलफल गरिने भएकोले थारु समाजको सम्पुर्ण पदाधिकारी लगायत समाजमा आबद्ध हुन चाहने इच्छुक जो कोही पनि थारु युवा,युवतीहरु त्यो दिन उपस्थित हुन सकिने,आबद्ध हुन सकिने का.वा.अध्यक्षलाई उद्दृत गर्दै समाजका महासचिव प्रजेश थारुले बताए ।कार्यक्रममा पेनाङ,जोहोर राज्य बाट आउने संस्थाको पदाधिकारीहरुको समेत उल्लेखनीय उपस्थिति रहनेछ्न।
बिस्तृत जानकारीको लागी:- +601111877340 /+601169967411 / +60 124707478
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu