Tuesday, 1 October 20190
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= चार बर्षअघि कैलाली जिल्लामा सुरक्षाकर्मी र कैयौं थारु आदिवासी जनजाती आन्दोलनकारीहरुको ज्यान जानेगरी भएको दु:खद टीकापुर घटनाको मुद्दा फिर्ता लिने तयारी गरिएको छ।प्रमुख सत्तारुढ दल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टीकापुर नरसंहारको मुद्दा फिर्ता लिने सहमति भएको र नेकपा सचिवालय बैठकले नै मुद्दा फिर्ता लिने अनौपचारिक निर्णय गरिसकेको स्रोतले बताए ।चार बर्षअघि कैलालीको टीकापुरमा ८ जना प्रहरीसहित एक नावालकको ज्यान गएको थियो । आन्दोलनको बेला नेपाल प्रहरीका एसएसपीसहित ९ जनाको ज्यान जानेगरी भएको घटनामा रेशम चौधरीसहित दुई दर्जनभन्दा बढीमाथी मुद्दा लागेको थियो । कैलाली जिल्ला अदालतले २२ माघमा चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला पनि गरिसकेको छ । कैलाली नरसंरहारका भएकै दिन तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकै रोषपूर्ण अभिब्यक्ति दिएका थिए । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन फोन गरी प्रहरीका हत्यारालाई कडा कारवाही गर्न माग पनि गरेका थिए । ९ जनाको नरसंहार गर्नेलाई कडा कारवाहीको माग गर्ने तत्कालिन एमाले अध्यक्ष ओली अहिले देशको प्रधानमन्त्री छन् । उनै ओलीले आफ्नो राजमा टीकापुर नरसंहारका मुख्य दोषिलाई उन्मुक्ति दिनेगरी मुद्दा फिर्ताको निर्देशन दिएका छन् ।
टीकापुर नरसंहारको मुद्दा फिर्ता लिन केही दिन अघि नेकपाभित्र बालुवाटारमा छलफल भएको थियो । अर्का अध्यक्ष दाहालले नै मुद्दा फिर्तालाई एजेण्डा बनाएका थिए । दाहालको एजेण्डामा प्रधानमन्त्री ओली सहमत भएको छन् । आइतवार दाहालले नै टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता लिने नेकपाभित्र सैद्धान्तिक सहमति भइसकेको बताएका छन् । टीकापुर हत्याकाण्डलाई झुटा मुद्दाको संज्ञा दिँदै फिर्ता लिने तयारी गरिएको छ । गृहमन्त्रालयले मुद्दा फिर्ताको तयारी थालेको छ भने कैलालीका प्रमुख जिल्ला अधिकारीलाई मुद्दा फिर्ताको कागज तयार गर्न निर्देशन पनि भइसकेको स्रोतले बताएको छ ।
कारागारबाटै निर्वाचन लडेर माननीय बनेका रेशम चौधरीलाई ओलीकै निर्देशनमा सिंहदवारभित्र सपथ गराइएको थियो । सपथ गराएको केही समयपछि जिल्ला अदालत कैलालीले कर्तब्य ज्यानमा उनलाई दोषि सावित गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेशपछि चौधरी सांसदबाट निलम्बनमा परेका थिए । तीन सर्वश्वसहित जन्म कैद पाएका चौधरीलाई बचाउन मुद्दा फिर्ता लिने तयारी गरिएको छ ।