आरएन चौधरी थारु,,
क्वालालम्पुर (मलेसिया):= नेपाली राजदुतावास मलेसियाको पहलमा एक जना नेपालीको जेल सजाय कम गराई माफी दिलाई स्वदेश फर्कन सफल भएका छ्न ।
मलेसियाको मलाका राज्यमा अवस्थित सुँङ्गाइ उडांङ जेलमा रहनु भएका नेपाली नागरिक सुभेकलाल चौधरीको जेल सजाय कम गराउन नेपाली राजदुतावास सफल भएको दूतावास द्वारा बिहिवार जारी गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ्न ।सन २०१२ को अगष्ट १४ तारिखमा मलेसियामा पक्राउ पर्नु भएको नेपाल ठेगाना सिरहा जिल्ला लहान निवासी सुभेकलाल चौधरीलाई सन २०१५ को जनवरी २७ मा मलाका उच्च अदालतले मलेसियन पेनल कोडको दफा ३०४ (क)को अभियोगमा दोषि ठहराई १५ बर्षको जेल सजाय सुनाएको थियो । यसै सन्दर्भमा नेपाली राजदुतावासको पहल पश्चात् मलाका राज्यको माफी बोर्ड द्वारा चौधरीको बाकी ११ बर्षको सजाय माफ भएको हो ।
चौधरी नेपाली राजदुतावासको सहयोगमा हवाई टिकट ,यात्रा अनुमतीपत्र उपलब्ध भैई असोज २२ गते बुधबारनै नेपाल् फर्की सकेको छ।
दूतावास द्वारा नेपाली जेलबन्दी बिच शुभकामना आदानप्रदान:
यसैगरी नेपाली राजदूतावास मलेसियाबाट नियमित रूपमा हुने जेल तथा घरफिर्ती क्याम्पको भ्रमणका क्रममा नेपाली मिति २०७६ /०६/ २२ गते (2019/10/09) तारिख बुधबारको दिन काजाङको सेमेन्यी घरफिर्ती क्याम्पमा रहेका नेपाली जेलबन्दीहरु बिच हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजया दशमी तथा बडादशैको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएका छ्न ।