राम बहादुर दहित,,
कैलाली:= नेपालीहरुको महान पर्व बडादशैं, शुब्ज दिपावली र छठ पर्वलाई लक्षित गरि मोडल अञ्जु र राज कुश्मीको ‘झुम्रा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आरकेसी डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा राज कुश्मी, अञ्जुकुश्मी, देवदास र सुशिला कार्कीको जोडी रहेको छ । शब्द संगीत राजकुश्मीको रहेको गीतमा राजकुश्मी र अञ्जुकुश्मीको स्वर रहेको छ।
भिडियोको प्रोड्यूसरमा अंशुराम चौधरी रहेका छन् भने क्यामेरा र एडिट रामु चौधरीले गरेका छन् । म्युजिक भिडियोको डाइरेक्सन सुधराम दहितले गरेका छन् ।
झुम्रा थारु समुदायमा माया र प्रेम र राम्रो सोच विचारलाई ताजै राख्न नाचिने पौराणिक नाच हो । जुन दशैं र अन्य अवसरमा बरघरको घरमा तथा थारु गाउँघरमा नाचिन्छ ।
दशैंको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोले दर्शक तथा श्रोताको राम्रै माया पाउने डाइरेक्टर सुधराम दहितले विश्वास लिएको छन् । थारु गीत संगीत तथा फिल्मी क्षेत्रमा खास गरि पछिल्लो समय थारु कलाकारहरुले पौराणिक गीतबासलाई गीत तथा म्युजिक भिडियोबाट उजागर गरिरहेका छन् । यसले गर्दा दर्शक तथा स्रोताहरुले पनि पौराणिकता झल्किने गीत संगीतलाई औधी मनपराइ रहेको छन् डाइरेक्टर दहितले बताए ।
तलको लिङकमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :-