थरुहट थारुवान राष्ट्रिय मोर्चा बारा जिल्लाको सम्मेलन भब्य सम्पन्न/अध्यक्षमा रामचन्द्र चौधरी ।

Sunday, 10 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु,,
डुमरवाना (बारा):= थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला कार्यसमिती बाराको सम्मेलन शनिबार भब्यताको साथ् सम्पन्न भएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुको प्रमुख आतिथ्यता  रहेको उक्त सम्मेलन कार्यक्रममा मोर्चाकै केन्द्रिय पदाधिकारीहरु मिनराज चौधरी , तुलसी थारु , प्रेमा चौधरी , राधा चौधरी , जोगा चौधरी 
त्यस्तै प्रदेश सा्ँसदहरु पारस शाह , ज्वाला कुमारी शाह , बारा क्षेत्र नम्बर तीन का साँसद रामबाबु यादव , स्थानीय समाजसेवी , पत्रकार  लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लक्ष्मण थारुले मोर्चालाई बलियो बनाउन आदिवासी जनजाती,दलित,मुश्लिम,पिछ्डा वर्ग लगायतको जनतासंग सहकार्यको काम लगभग अन्तिम चरणमा पुगेको र आफ्ना जायज मागमुद्धाहरू पूरा गराउन सरकार संग अन्तिममा  वारपारको आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।
थारुको अनुसार केही समय अगाडी टिकापुरमा सम्पन्न मोर्चाको राष्ट्रिय सम्मेलनले सरकारले आदिवासी जनजाती,थारुको शक्ति बारे जानकार भैईसकेको र हामीलाई बारम्बार बार्तामा बोलाउने गरेको बताउदै तर हामी जब सम्म रेशम चौधरी लगायतको जेलबन्दी थारुलाई सरकार बिना सर्त रिहाई गर्दैन अथवा ग्यारेन्टीको साथ छोड्ने प्रतिबद्धता जाहेर गर्दैन तबसम्म हामी बार्तामा बस्दैनौ भन्ने अडानलाई कायमै राखेको बताए ।

सम्मेलनले बारामा रामचन्द्र चौधरीको अध्यक्षतामा २५ सदस्यी समिती बनाईएको छ।
रुना चौधरीले संचालन गरेको उक्त कार्यक्रममा समाजसेवी , राजनितीज्ञ रुपलाल चौधरीले स्वागत मनत्ब्य राखेका थिए भने कार्यक्रमको माहोललाई मनोरञ्जनात्मक बनाउन थारु संास्कृतिक नृत्यको प्रस्तुती समेत रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu