राजमान तामाङ,,
क्वालालम्पुर (मलेसिया):= मिति २०७६ मङ्सिर ०१ गते अर्थात १७ november 2019 दिन एक कार्यक्रम मार्फत रसुवा कालिका गाउँपालिका १, राम्चे घर भई तत्कालीन नेपाल तामाङ समाज क्षेत्रीय समिति पेनाङका सदस्य सन्तोष तामाङ विगत एक बर्ष देखि क्षयरोग (TB) सिकार बन्दै फोक्सोमा समस्य परे पछि नेपाल तामाङ घेदुङ मलेसिया द्वारा पीडित सन्तोष तामाङ लाई नेपाली रु. ५००३६ (अक्षरेपी :- पचास हजार छत्तीस रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको छ।
नेपाल संघीय परिषद कार्यलयमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय परिषदको वरिष्ठ उपाध्यक्ष बेलि तामाङ , महासचिव महित कुमार तामाङ , कोष अध्यक्ष रुप योञ्जन , प्रदेश नम्बर ७ को घेदुङ अध्यक्ष दिलिप तामाङ, घेदुङ प्रवास शाखा मलेसिया महासचिव सबिन कुमार तामाङ र नेपाल तामाङ कलाकार संघ मलेसियाका महासचिव गायक रमित लामा को उपस्थित रहेको थियो।
साथै सन्तोष तामाङ लाई स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण सहयोगी मनका धनी सहयोगदाताहरु लाई नेपाल तामाङ घेदुङ मलेसिया धन्यवाद प्रकट गर्दछौं ।



