ग्रामथान बिरुद्ध लगाएका मुद्धा सोमवार ग्रामथानकै पक्षमा फैसला ।

Wednesday, 20 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= रामधुनी नगरपालिका वडा नं. ४ इक्राही टोल स्थित ऐतिहासिक रुपमा रहेको ग्रामथान बिरुद्ध लगाएका मुद्धा सोमवार ग्रामथानकै पक्षमा फैसला आएको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट ग्रामथान यथास्थानमै रहने संरक्षणकारी निर्णय हुदा थारु समुदायको पहिचान जोगिएको हो ।

ग्रामथान हटाउन जग्गाधनी र भुमाफियाको मिलेमतोमा मुद्धा लागाएको थियो । ग्रामथानको नाममा टहरा बनाउन लागेको, गालिगलौज, चोरीको मुद्धा लगाएको थियो । गालिगलौज र चोरीमुद्धा पहिलेनै खारेजगरी हटाएको थियाृे भने ग्रामथानको नाममा टहरा बनाउन लागेको भन्ने मुद्धा चलिरहेको थियो । यि सबै मुद्धामा उनिहरुले प्रमाण जुटाउन नसक्दा ग्रामथानको पक्षमा फैसला आएको ग्रामथान संरक्षणकर्ता तथा स्थानिय प्रेम चौधरीले जानकारी दिए । स्थानियहरु सत्य तथ्य रुपले लागीपर्दा उनीहरु प्रामाण जुटाउन असफल भएका हुन् । अब ग्रामथान हालमा रहेको यथास्थानमै रहने र निर्माण हुने छन् ।  

वडाकार्यालयको सहयोगमा ग्रामथान पक्की निर्माणकालागी पिलर ठड्याउन खोज्दा जग्गाधनिले अबरोध गरेका थिए । ग्रामथानका ऐलानि जग्गा अतिक्रमण गर्ने मनसायले हड्प्न खोजेका थिए । आफनो जग्गाको मुल्याङ्कन बढाउन नेपालीहरुको धरोहरलाईनै समाप्त गर्न खोजेका थिए । ब्यक्तिगत स्वार्थले सामुदायिक हितलाई मिच्न खोजेका थिए । रामधुनीमा धार्मिक पर्यटन प्रवद्र्धनमा नगरवासी, स्थानियसरकार योजना ल्याईरहदा जग्गा धनि र भुमाफिया त्यसको बिरुद्धमा लागेको थिए । धार्मिक रुपले मान्यता रखिएको ग्रामथान धार्मिक पर्यटनमा सहयोग पुर्याउने भएकोले यसको संरक्षण गर्नु पर्नेमा नाकारात्मक सोचले हटाउन खोजिएको थियो ।
  
सो नाकारात्म सोचलाई स्थानिय तथा सहयोगीहरुले घुडा टेकाएका छन् ।  कानुनि रुपमा प्रदिप काफले, उद्धव काफले, संकर पोख्रेल, रामराज चौधरीले सहयोग गरेको स्थानियले बताए । यसैगरी सामाजिक तथा संरक्षकको रुपमा वडा नं. ४ का वडासदस्य कमल कार्की, तेजनारायण चौधरी, शुसिला लेखि, कालुराम चौधरी, साबित्रा चौधरी, गोपाल देवान, लाहुर्निक लगायतका सहयोगीहरुले संरक्षण गर्न प्रोत्साहन गरेको स्थानियहरुले बताए । 

इक्राहीका स्थानियह आफनो संस्कार अनुसार धार्मिक मान्यताले ग्रामथानमा पुजा अर्चना गर्दै आएका छन्  । गाउँटोल समुदाय, बालबच्चामा कुनै संकट नओस भन्ने कामना सहित ऐतिहासिक रुपमै पुजा अर्चना गर्दै आएका हुन् । फैसला ग्रामथानको पक्षमाहुदा नेपालीहरुको धरोहर संरक्षण भएको संरक्षणकर्ता तेजनारायण चौधरीले बताए । चौधरी ग्रामथान संरक्षण समिति इटहरीका अध्यक्ष हुन् । रामधुनी नगरको धार्मिक पर्यटन बिरुद्धमा चलेकाहरुलाई प्रष्टरुपमा पहिचान भएकोले यस्ता दलालहरुलाई नगरवासीले ठेगान लगाउनु पर्ने चौधरीले तर्क गरेका छन् । धरोहर जस्तोलाई खान खोज्ने त्यसता ब्यक्तिहरु यस नगरकालागी निकै हानिकार भएको रामराज चौधरीले बताए । हानिकारकहरुलाई सबै पक्षबाट कार्वाहिको दायरामा ल्याउनु पर्ने चौधरीले धारणा राखेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu