काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलिले पुनर्गठन गरेको नयाँ मन्त्रि मण्डलमा एक जना पनि थारु साँसद पर्न सकेन , मन्त्रीमण्डल थारु बिहिन भएको छ ।
देशको चौथो ठुलो जनसंख्या भएको थारु समुदायको प्रतिनिधित्व गर्दै कृषि तथा पशुपक्षीँ बिकास राज्यमन्त्री रहेका राम कुमारी चौधरीलाई यतिबेला बर्खास्त गरेपछि नयाँ मन्त्रीमण्डलामा थारु साँसदहरुको प्रतिनिधित्व शुन्य भएको छ । राज्यमन्त्री रहदा राम कुमारी चौधरीले आफ्नो काम कारवाही सन्तोषजनक नदेखाएपछि ओली सरकारले राज्यमन्त्रीबाट चौधरीलाई हटाएको हो ।
नयाँ मन्त्रीको लागि थारू समुदायबाट चर्चामा रहेका मोदी र शान्ता हेरेको हेर्यै ?
नयाँ मन्त्रीमण्डल पुनर्गठन तथा बिस्तार पुर्व थारु समुदायबाट मन्त्रीको नाममा चर्चामा रहेका सांसद अमनलाल मोदी र नेकपाको गुणगान गाएर नथाक्ने सांसद तथा नेकपा सचेतक शान्ता चौधरी यतिबेला हेरेको हेर्यै भएको छ , सांसदद्वय ई दुईलेनै मन्त्रि मण्डलमा स्थान पाउन सकेन् ।
थारु बिहिन मन्त्रीमण्डलको बिषयमा मिश्रित प्रतिक्रिया :
(संजय थारु)
नेकपाको सरकार रहेको थारु बिहिन मन्त्रीमण्डल भएपछी थारु समुदायबाट मिश्रित प्रतिक्रिया सामाजिक संजालमा देखिएको छ ।थारु बिधार्थी सभाको केन्द्रिय अधक्ष्य संजय चौधरीले समाबेशिकताको माग गर्ने थरुहट आन्दोलनको समर्थन नगर्ने तथा बिरोध गर्ने थारु सांसदहरुलाई मन्त्रि नदिदा रुवावासी गर्न जरुरी नरहेको बताएको छ ।
(अर्नव चौधरी)
त्यसै गरि कानुन अध्यनरत एक थारु बिधार्थी अर्नव चौधरीले सामाजिक संजालमा खुलेरै बिरोध गर्दै “नेपालको राजनीतिक इतिहासमा सबै भन्दा बढ़ी हेपीएका, थिचीएका,दलिएका भनेका थारूहरु नै पाइयो। जब सम्म थारू आन्दोलन चली रह्यो तब सम्म मन्त्री अनि सरकारमा ठाऊँ पाई नै रहे । जब टीकापुर जस्तो घटना घटाएर थारू आन्दोलन सामसुम पारियो अनि थारूहरुलाई बिलय पारियो । हैन ठुलो थारू हरुको जनसंख्या बाट एउटा पनि मन्त्री बन्न लायक थारू देखेनछन् । नेपालमा राजनीतिक उथल पुथल ल्याउन त अरुलाई मन्त्री बनाउन लाई पो लाग्या रहेछन् थारूहरु। सोझो त लास्ट सोझो के थारू। नेपालको राजनीतिक भौगोलिक विभाजनमा पनि उनीहरुलाई छिन्न भिन्न पारियों। उनिहरूको माग त कहिले सुनेन। गएको मन्त्री मण्डलमा पनि अतेनछन् अहिले पनि। यो नेकपा को सरकार त झन गए गुजरेको र स्वार्थी पाए। जति जे भने पनि नेकपा सरकार सबैभन्दा धेरै थारूविरोधी रहेछ। आज आएर मलाई प्रतिनिधि सभा चुनावमा नेकपा लाई भोट गरेकोमा पछुतो महसूस हुदैछ। थारू नै कसिंगर रहेछन् यो देशमा । राजा को पालामा बरु सबलाई सके समेटेका हुन्थे।” भन्ने प्रतिक्रिया दिए ।
(चनचल चौधरी)
“२८ लाख भन्दा भन्दा बढी जनसंख्याले चुनेका थारु सभासद,सांसदहरु लाई अब त लाग्यो होला नी गुलामी गर्दा उनिहरुकै सन्तति सरणार्थी को कगारमा पुगेको कुरा ? नेकपाको मन्त्री मण्डलमा एकजना पनि थारु न अटाउनु हैन.. नराख्दा समेत गुलामी गर्न छाड्दैनन भने थारु समुदायले आफ्नै गुलाम नेता हरुलाइ कार्वाही को दायरामा ल्याउनै पर्छ , र सरकारको हेपाहा प्रवृत्तिको यो निर्णय प्रती घोर आपत्ती जनाउनै पर्दछ।” भन्दै थारु युवा सभाको महासचिव चंचल चौधरीले असन्तुष्टि पोखेका छ्न ।
(सिताराम चौधरी)
थारु युवा नेता सिताराम चौधरीले पनि प्रतिक्रिया दिदै ” प्रचण्ड र केपि ओलिले समानुपातिक समाबेशिको नाउमा ठगी खाने एजेन्डा बनाए । अहिलेको मन्त्रीमण्डलमा नेपालको चौठो जनसंख्या भएको थारु एक जना पनि क्याबिनेट मन्त्री नपर्नु एउटा प्रमाण हो । एकजना भएको राज्यमन्त्री पनि हटाउने भएपछि यस्ले अझ यो राज्य एकल नस्लिय जातिको हो भनेर प्रमाणित गर्छ । जनबिद्रोहमा हजारौं थारुले बलिदानि गरेपनी बडो दुख्खको कुरो त्यो बिद्रोहले नत एक जना थारुलाई मन्त्री बन्ने काबिलियत बनायो, नत पार्टीमा बिद्रोह गर्न सक्ने कुनै बहादुर थारु नेता नै जन्मायो । थारुहरुको सोझापन र इमानदारिताको फाइदा उठाउदै हिजो पनि सासकले थारुलाइ कमैया कमलहरी देखे अहिले पनि उहीँ देखिरहेका छन् । सासक बदलिए तर सासकहरुको सोच जहाँको त्यही रहयो ।“बताएका छन् ।
(आरएन चौधरी थारु)
नेपाल् भन्दा बाहिर मलेसियामा रोजगारीको निम्ति कार्यरत थारु समाजिक अभियन्ता,पत्रकारको रुपमा परिचित युवा आरएन चौधरी थारुले फेसबुकमा स्टाटस लेख्दै सरकार प्रती र थारु सांसदहरु प्रती तीब्र असन्तुष्टि पोखेका छ्न ।
उनले भनेका छ्न कि " जब सम्म नेकपाका अमनलाल मोदी,गंगा सत्गौवा र पार्टीका बफादार कमाण्डर,थारु भाषामा भन्नू पर्दा पार्टीका कम्लहरी उपनामले परिचित सांसद,नेकपा सचेतक शान्ता चौधरीहरु जस्ता थारु सांसदहरुले पार्टी र आफ्ना नेताको गुलामी गर्न छोड्दैन तब सम्म यसरी नै सरकारको कामकाजमा प्रयोगमा आईरह्न्छ र तिनिहरुले ई सबलाई आफ्ना स्वार्थको लागी प्रयोग गरिरह्न्छ । इनिहरुले थारु समुदायको मागमुद्धालाई त लत्यायो लत्यायो अझ थरुहट आन्दोलन कमजोर बनाउन प्रखर भुमिका निर्वाह गरेको प्रती पनि आशँका बढेको र यस्तै यस्तै थारु नेताहरूको कारण आन्दोलनमा घुसपैठ भएको हुन सक्ने बुझाई छ्न । र अन्त्यमा परिणाम के आयो भने त " टिकापुर घटना " घटयो थारु पहिचानवादी नेताहरू जेल बस्नु पर्यो । इनिहरुले न त हिजोको दिनमा थारु समुदायको भलाई चाह्यो न त आज नै चाहन्छन , केवल आफ्ना स्वार्थ परिपुर्ति गर्नमा लागेका छ्न , जुन समुदायको नेता छ्न त्यहीँ समुदायको त बिकास गर्न नसक्नेले,अगाडी बढाउन नसक्ने,राज्यको हरेक निकायमा प्रतिनिधित्व गराउन नसक्नेले कसरी सिङ्गो देशको बिकास गर्न सक्छ ? प्रश्न यहाँनीर छ्न । त्यसैले बुधबार सरकारले बर्खास्त गरेका रामकुमारी चौधरी(रोजिना)जस्ता नाम मात्रका मन्त्रीहरु सरकारमा बसिरह्नु उचित हुँदैन र सुहाउदैन पनि , केवल सुहाउछ त के ? पार्टीको गुलामी गर्न ।"