नेपाल आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय समिती जोहोरको ४ औं अधिबेशन आयोजना हुने ।

Saturday, 21 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसिया क्षेत्रीय समिती जोहोरको ४ औं अधिबेशन  २०७६ कार्यक्रम आयोजना हुने भएको छ ।

"विश्व भर छरिएर रहेका हामी आदिवासीहरु एक हौं , अधिकार् प्रतिनिधित्व र सुशासनको लागी आदिवासी जनजाती अडान , पहिचान सहितको संघीयताको लागी संविधान संशोधन हाम्रो साझा अभियान" 
भन्ने मुल नाराको साथ महासंघ मलेसिया क्षेत्रीय समिती जोहोरले आउदै गरेको अङ्ग्रेजी नयाँ बर्ष २०२० को जनवरी महिनामा १९ तारिख आईतवारको दिन बिहान ११:०० बजे सो अधिबेशन कार्यक्रम आयोजना गर्न लागेको क्षेत्रीय समिती जोहोरका उपाध्यक्ष यम बलाल मगरले बताउनु भयो ।

कार्यक्रम जोहोरकोबारुको जेबिमा अवस्थित होटेल बागुसको छैठौं तलामा आयोजना हुनेछ्न ।
कार्यक्रमलाई सफल बनाउन यहाँ रहेका जातीय-गैरजातीय समाजिक संघसंस्थाहरु नेपाल् मगर संघ,तमु समाज,किरात राई यायोक्खा,किरात याक्थुम चुम्लुङ,शेर्पा किदुग,प्रवासी थारु सेवा समाज,नेपाल् मगर साँस्कृतिक संघ,सुनुवार सेवा समाज,धिमाल जातीय बिकास एकता केन्द्र,नेपाल् तामाङ घेदुङ,सुनुवार किरात कोईच,किरात पुमा राई तुप्खाबाङखाला,नेपाली समाज पिटिपी,सुदुर पश्चिमेली नेपाली समाज,नेपाल् क्ष्रमिक एकता समाज,काभ्रे कल्याणकारी समाज,हामी नेपाली ग्लोबल,नेपाली मजदुर एकता केन्द्र लगायतको रहेको छ।

प्रायोजकको रुपमा सहयोग गर्नेहरु गोर्खाली रेस्टुरेन्ट परिवार जोहोर,भान्षा घर परिवार जोहोर, द-बोस मयालु रेस्टुरेन्ट आषिस पुन सेनाई,हिमालि किचन रेस्टुरेन्ट जेबि,गोर्खाली किचन रेस्टुरेन्ट सेनाई,धौऊला गिरि रेस्टुरेन्ट सेनाई,गोर्खा मनोकामना रेस्टुरेन्ट सेनाई,गण्डकी रेस्टुरेन्ट सेनाई रहेको छ,भने मिडिया पार्टनरमा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ फोनिज शाखा मलेसिया रहेको छ् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu