मलेसियाब्यापी फुटबल प्रतियोगिता हिमालयन गोल्डकप- २०२० आयोजना हुँदै ।

Friday, 20 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= आउदो अङ्ग्रेजी नयाँ बर्ष २०२० को जनवरी महिनामा परेको चाईनिज न्यु-ईयर (नयाँ बर्ष)को शुभ अवसरमा ” एकता र मित्रताको लागी फुटबल ” भन्ने मुल नाराको साथ तीन दिने ( हिमालयन गोल्डकप-२०२०) मलेसियाब्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिईने भएको छ ।

मलेसियामा दर्ता भएको बैधानिकता प्राप्त गर्न सफल एक मात्र नेपाली फुटबल क्लब “हिमालयन फुटबल क्लब”ले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
जनवरी २५,२६,२७ तारिखको दिन राजधानी क्वालालम्पुर स्थित मरडेका स्टेडियममा आयोजना हुने सो फुटबल प्रतियोगितामा सहभागी हुने टिमले आरएम १,५५१ रिङ्गिट इन्ट्रान्स शुल्क (फि) आयोजकलाई तिर्नु पर्ने छ्न । खेलमा सहभागी हुन दर्ता गराउने समय जनवरी १० तारिख सम्म तोकिएको छ् भने जम्मा २६ वटा टिमलाई मात्र उक्त खेल प्रतियोगितामा सहभागी गराईने आयोजक क्लबको तर्फबाट शिव सुवेदीले जानकारी गराउनु भयो ।

यस् खेलमा बिजयी हुने,सहभागी हुने टिमबाट नै आउदो मेई महिनामा आयोजना हुन लागेको “Migrant Cup”को लागि खेलाडी छनौट गरिने छ ।
खेलमा बिजयी हुने टिमको लागी प्रथम पुरस्कार मलेसियन रिङ्गिट १० हजार , दोस्रो पुरस्कार ५ हजार , तेस्रो पुरस्कार २ हजार आयोजक क्लबले ब्यवस्था गरेको छ।

हिमालयन फुटबल क्लब मुख्य आयोजक रहेको यस प्रतियोगिताको लागी नेपाली राजदुतावास मलेसिया, गोल नेपाल् ड्टकम,एनआरएनए,नेपसिया,प्रोपर्टियाज लगायतको सहयोगी प्रायोजकको रुपमा रहेको छ्न भने अफिसियल मिडिया पार्टनरमा हिमालयन टाईम्स सप्ताहिक,मलाया खबर अनलाईन रहेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu