तामाङ कलाकार संघको अधिबेशनबाट अध्यक्षमा पुनः फुर्वा दोर्जे/पत्रकार आरएन चौधरी थारु सम्मानित ।

Monday, 23 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब हिजो
आइतबारको दिन होटेल ग्राण्ड कन्टिनेन्टलमा भब्यताको साथ सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबाको विशेष अतिथिमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई उदघाटन गरि सुरु गरिएको थियो।
प्रवासमा रहेर पनि गीत,संगीतलाई,कलालाई संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले स्थापना गरिएको यस् संस्थाको बार्षिकोत्सब कार्यक्रममा विभिन्न संघ संस्थाको पदाधिकारी,पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तामाङ भाषाको , नेपाली भाषाको गीत,नृत्य प्रस्तुत गरेर मनोरञ्जन समेत प्रदान गरेको थिए भने संस्थामा आवद्ध सम्पुर्ण निर्वाचित नव कमिटी लाई खादा,दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।
साथै संघले मलेसियामा रहेर बिगत लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध रहि कलम चलाउदै आईरहेका पत्रकारद्धय घनश्याम चौधरी (आरएन थारु),सुनाखरी मगर,दिप खादी लिम्बु,कृष्ण गुप्ता,मिलन तामाङ लगायतको लाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाई सम्मान गरेका थिए ।
उपस्थित प्रमुख अतिथि बिपिन राईले संघलाई आगामी कार्यकाल सफलताको शुभकामना दिए । भने विशेष अथितिको रुपमा आथित्यता ग्रहण गरेका राजेन्द्र वाइबा तामाङले तामाङ्ग समुदाय लाई राज्यले बिगतमा बिभेदमा पारेर मासिन्य मतुवालिमा राखेको मन्तव्यको क्रममा बताएका छन।  सोही क्रममा तामाङ जातिको मूल्य,मान्यता र जीवन पद्धति लाई बृहत् रुपमा उठान गर्नुपर्ने र सबैले यो सम्बन्धि अध्यन गर्न जरुरी रहेको बताएका थिए ।
यसै सन्दर्भ सङ्ग नजिक रहेर तामाङ्ग कलाकारहरुले आफ्नो कला,सस्कृती र प्रतिभा लाई अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका थिए ।

पहिलो अधिबेशनबाट कमिटीको अध्यक्षमा फुर्बा दोर्जे मोक्तान तामाङ पुन निर्बाचित भएका छन् । संरक्षकमा जगत दोङ तामाङ, प्र.सल्लाहकार कोष बोम्जन तामाङ, सल्लाहकार मिङमार मोक्तान तामाङ, ब.उपाध्यक्ष तेन्जिङ लो तामाङ,
म.उपाध्यक्ष साईली माया थिङ तामाङ(सन्जना), उपाध्यक्ष सोनम दोङ तामाङ, महासचिव अमिर लोप्चन तामाङ,सचिव सुमन पाखृन तामाङ, सह-सचिब सिन्धु थोकर तामाङ,कोषाध्यक्ष छेवाङ पाखृन तामाङ, सह-कोषाध्यक्ष दिपक थिङ तामाङ चयन भएका हुन ।
स.सदस्यहरुमा प्रविन मोक्तान तामाङ, जिवन थोकर तामाङ,नवीन लुङ्बा तामाङ, टुल्कु वाईबा तामाङ,रोहित मोक्तान तामाङ,सरोज बोम्जन तामाङ, दिनेश बल तामाङ, रिक्देन पाखृन तामाङ, मनिषा स्याङतान तामाङ, राजु योन्जन तामाङ, सानू माया स्याङतान, मनिषा स्याङतान तामाङ,पाल्साङ तितुङ तामाङ, सरिल तितुङ तामाङ,बिलाब गोले तामाङ, देवान योन्जन तामाङ,सबिन योन्जन तामाङ, सुबास योन्जन तामाङ, सुमित स्याङतान तामाङ, सबिना लोप्चन तामाङ, सनिता थिङ तामाङ, ज्ञान धोज बोम्जन तामाङ र छविलाल बोम्जन तामाङ चयन भएका छन् ।
संघका महासचिव अमिर लोप्चन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रम संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu