हमार सनेश ड्टकम,
युएई := “थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नारा को साथ हरेक बर्ष झै यस बर्ष पनि थारु कल्याणकारीणी सभा यु,ए,ई, शाखाले बिगतका बर्ष झै बिबिध सांस्कृतिक कार्यक्रम का साथ आठौं बार्षिक भेला तथा माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम आयोजना गरि भब्य रुपले मनाउने भएको छ ।
नयाँ बर्ष २०२० को जनवरी १७ तारिख शुक्रबार का दिन स्थानिय समयनुसार मध्यान्ह १ बजे देखी सो कार्यक्रम कार्लटोन टावर होटल,धेरा युएई (CArlton tower Hotel , Deira, Dubai) मा आयोजना गरिने छ ।
माघी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन अतिथी कलाकार , स्वदेशि तथा बिदेशी पाहुना हरुको आगमन संगै चर्चित गितकार , संगितकार, धरोहरका रुपमा चिनिएका गायक देवकृष्ण विश्वासको धमाकेदार प्रस्तुतीका साथसाथै यतिबेला निकै नै चर्चा कमाउन सफल राष्ट्रिय गायिका अनु चौधरी को विशेष संगीतिक प्रस्तुति रहनेछ्न।
साथै यता स्थानिय कलाकार मा लोक प्रिय गायक तथा कार्यक्रम प्रस्तोता केशब राज महतो र गायक निसान चौधरीको पनि बेजोड प्रस्तुति पनि रहने आयोजक संस्थाको तर्फबाट थाकस युएईका सचीव धर्मराज महतोले जानकारी गराउनु भयो ।
माघेसङ्गक्रान्ती (माघी) लाई थारु समुदायले नयाँ बर्ष को रुपमा मनाउने गर्दछन । माघिमा मौलिक संस्कृति झल्किने सखिया, झुमरा , लाठि नाच (stick dance ) प्रदर्शन र साथीभाई बिच प्रेम सद्भाव साटासाट गर्दै रमाइलो गरि मिठा मिठा परिकार हरुको स्वाद संगै यो पर्व मनाउने प्रचलन परापुर्व काल देखि चली आएको छ्न ।
सचीव महतोको अनुसार बिगत का बर्षमा झै यस् बर्ष पनि यु,ए,ई, मा रहेका थारु समुदाय एकजुट भैई माघी मनाउने तयारी तिब्र रुपमा चली रहेकोले सम्पुर्ण यु,ए,ई, बासी थारु,नेपाली लाई कार्यक्रम मा उपस्थित भैईदिनु हुन समाजिक सञ्जाल,मिडिया मार्फत अनुरोध सहित खुल्ला निमन्त्रणा गर्दछु उनले भने ।