कपिलवस्तु:= शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.२ र ६ को मंगलबार अनृुगमन गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको अनुगमन गरिएको हो ।
अनुदानको सामाग्री लिएर गैर कृषकहरुले मँहगो मूल्य लिएर सिचाँइ गरेको खबर पश्चात नगरपालिकाले अनुगमनमा तिब्रता दिएको छ । अनुगमन गरेर मात्र अनुदानको सामाग्री उपलब्ध गराउँदा कृषि क्षेत्रालाई प्रभावकारी बनाउने हेतुले लागी परेको नगरपालिकाले जनाएको छ ।
कृषि सामाग्री माग गरेको निवेदक वास्तविक किसान हो, होइन् भन्ने यकिन गर्न नगरपालिकाले अनुगमन गरेर मात्र अनुदानमा माग गरिएको सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग उपलब्ध गराउने भएको हो ।
साना सिचाँई अन्र्तगत गत बर्ष कृषि सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग माग भएका निवेदन अनुसार छानौटमा परेका वडा नंं.२ का कृषक मने बुढा, बच्चुलाल थारु, मेघराम थारु, धनकला खत्री, भीमादेवी घर्ती क्षेत्री, प्रेम प्रसाद भुसाल रहेका छन् ।
यसैगरी वडा नंंं.६ का कृषक ताराप्रसाद चौधरी, सीताराम यादव, राम नरायण मिश्र,मनमती बरई र राम दिन चौधरी लगायतको किसानहरुको खेतबारीमै पुगेर टोलीले अनुगमन गरेको शिवराज नगरपालिका कृषि शाखाले जनाएको छ ।
त्यसैगरी वडा अध्यक्षहरुले आफ्नो वडामा अनुगमन गरेर सामाग्री वितरण गर्दा कृषि पेशामा लाग्न किसानहरुलाई प्रोत्सहन मिल्नुका साथै देशलाई समेत टेवा पुग्ने आशा गरेका छन् ।
शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकतत्व, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं.२ का वडा अध्यक्ष राम बहादुर थारु, वडा नं.६ का वडा अध्यक्ष सन्तरी प्रसाद चौधरी, स्थानीय अगुवा सहितको टोलीले अनुगमन गरेको वडा नं.१ का वडा अध्यक्ष तथा कृषि संयोजक जगत बहादुर घर्तीले जानकारी गराए ।