आरएन चौधरी थारु,,
काठमाडौं := यतिबेला थारु गितसङ्गितको धरोहरको रुपमा चिनिएका गायन क्षेत्रको सुपरहिट जोडी गायकगायिका श्री निवास चौधरी र अन्नु चौधरीको एक पछि अर्को गितहरु लगातार सुपहिट भईरहेको अवस्थामा पुनः थारु समुदायको आउदै गरेको नयाँ, लावा बर्ष माघे सङ्क्रान्ती,तिला सङ्क्रान्ती (माघी) को अवसरमा तीन वटा गित बजारमा ल्याउने तयारी गरिरहेका छ्न ।
सुकदेव चौधरीको शब्दमा सजिएको ( दिवाना दिवाना) त्यसै गरि बिनोद चौधरीको शब्द रहेको (श्रीष्टी के लावा बिहान) र बिभास चौधरीको शब्दमा पुर्बको थारु भाषाको गित ( काते छिपे से) बोलको तिनवटै गितमा गणेश चौधरिले सङ्गीत भर्नुको साथै ब्यवस्थापन गरेको छ ।
२०७४ सालमा श्री निवास र अनुको जोडीले ( आइल रे आईल माघी गाव घरमे आईल ) बोलको गित पछि यहीँ दुई जोडिको कोमल आवाजमा सजिएको ( नजर से नजरिया मिलाके) सुपरहिट थारु गित ले थारु गित सङ्गितमा नयाँ आयाम कायम गरेको छ, मिठासपन थपिदिएको छ ।
करिब बिस् लाख दर्शकले हेरि सकेको यो गित पछि ” कैसन जादु टोना, भनु म कसरी,लगायतको गितहरुलाई पनि दर्शक हरुले निकै मन पराएका छन,र अब को केही दिनमा भारतको बैङ्लोर र गोवा शहरको रमणीय,पर्यटकिय ठाउँहरुमा छायांकन गरिएको ( श्रिष्टिके लावा बिहान ) बोलको गितको भिडियो चाडैं सार्बजनिक गर्ने तयारिमा रहेका छन । जसमा थारु सुपरस्टार बिबश चौधरी र शर्मिला चौधरीले अभिनय गरेका छन।
त्यसैगरी आउदै गरेको (माघी) लाई नै लक्षित गर्दै गायक श्री निवास चौधरीले पुनः(आइल थारुनके माघी तिउहार) बोल को माघी गित ल्याउने तयारीमा सक्रियताको साथ लागी परेका छन। सुकदेव थारु,एएमपि थारु,गणेश चौधरी,राजेन्द्र चौधरी,र धनिराम चौधरीको शब्द तथा निर्माण मा बनेको यो गितमा गायक श्री निवास चौधरी लगायत अहिले का चर्चित गायिका हरु निकिता मण्डल थारु,समिक्षा चौधरी,सोनु कुश्मीको आवाज रहेको छ भने,ब्यवस्थापन तथा सङ्गीत गणेश चौधरीको रहेको छ।