धनगढी बाट उदाएकी भलिबलकि राष्ट्रिय स्टार खेलाडी सरस्वती चौधरी ।

Friday, 6 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नवराज पनेरु,, 

घनगढी:= २०६४ सालमा कक्षा ६ मा अध्ययनरत धनगढी– १ प्रगती टोलीकी सरस्वती चौधरीलाई छिमेकी समेत रहेका प्रशिक्षक विष्णु चौधरीले भने, ‘तिमी हाइटले नै भलिबल खेलाडी जस्तो देखिन्छेउ, खेल्न आउँ।’ त्यो समय सम्म सरस्वतीले भलिबल खेल्न त परै जावस छोएकी सम्म थिईनन्। त्यसैले पनि होला छिमेकी विष्णुको प्रस्तावलाई सरस्वतीले खासै वास्ता गरिनन्। तर भलिबल प्रशिक्षक समेत रहेका विष्णुले उनलाई भलिबल खेल्नका लागि प्रस्ताव राख्ने क्रम जारी राखे र धेरै पटकको आग्रहपछि सरस्वती पनि खेल्न तयार भईन्। झण्डै चार दिन मात्रै भएको थियो, सरस्वतीले अभ्यास थालेको। काठमाडौँमा हुने गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिताका लागि सुदूरपश्चिम विकास क्षेत्रको टिम बनाउन पर्ने भयो। सो समयमा महिला भलिबलमा खेलाडी पाउन मुस्किल नै हुने भएकाले पनि होला चार दिनको अभ्यासले नै उनी टिममा पर्न सफल भईन्।

प्रतियोगितामा सुरुवातका खेलमा उनी प्लेइङ सेटमा परिनन् तर अन्तिम खेलमा पश्चिमाञ्चलविरुद्ध खेल्ने मौका पाईन्। चार दिनको अभ्यासले टिममा पर्दै प्लेईङ सेटमा पर्न सफल भएपनि उनलाई डिगिङ र फिङ्गरिङ बारे धेरै जानकारी थिएन्। अपरिपक्क खेल हेरेर धेरै दर्शक हासेको सम्झना सरस्वतीको मानसपटलमा अहिले पनि ताजै छ। तर उक्त प्रतियोगिता खेलिसकेपछि भने उनमा भलिबल खेलाडी नै बन्नुपर्छ भन्ने जागर चलिसकेको थियो। सो प्रतियोगितामा उनको खेल हेरेर दर्शक हासेपनि पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले भने उनीभित्र भलिवल खेलाडीमा हुनपर्ने गुण देखिसकेका थिए सायद। त्यसैले उनलाई पोखरामा एकेडेमीमा बसेर पढ्ने र भलिबल खेल्न सिक्ने प्रस्ताव गरे। क्षेत्रीले सरस्वतीका परिवासंग पनि कुराकानी गरेपछि कक्षा ७ देखि पढ्ने र भलिबल सिक्ने गरि उनी पोखरा गईन्। झण्डै चार बर्ष सम्म पोखरामै भलिबल खेलेकी सरस्वतीले ११ सम्मको पढाई पनि सकिन्। त्यसपछिको पढाईका लागि उनी काठमाडौं गईन् र त्यतिबेला सम्म उनी एक परिपक्क भलिबल खेलाडी बनिसकेकी थिईन्। २०७० सालमा उनी एपीएफको भलिबल टिममा भर्ना भईन्। सोही बर्ष उनी पल्सर स्पोट्र्स अवार्डमा लोकप्रिय खेलाडीको पुरस्कार जित्न सफल भईन्। अहिले उनी राष्ट्रिय टिमकी ओपन स्पाइकरको भूमिकामा छिन्। सन् २०१४ मा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी उनी २०१६ मा साफ, २०१७ मा सेन्ट्रल जोन प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। गत कार्तीकमा मात्रै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हात पा¥यो। बंगलादेशको राजधानी ढाकामा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दा पनि सरस्वतीको भूमीका निकै महत्वपूर्ण थियो।

पछिल्लो पटक मंगलवार भएको १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट नेपाल चुक्यो। निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो। सरस्वती भन्छिन्– ‘हामीले फाईनलमा पनि उत्कृष्ट खेल्यौ। स–सना गल्तिले हामीलाई च्याम्पियन बनाउनबाट रोक्यो। तर भारतसंग ३–२ को सेटमा खेल्नु नै हाम्रो लागि ठूलो उपलव्धी हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu