कपिलवस्तु := कपिलवस्तुमा दोस्रो बुद्धभुमी नगर स्तरिय माघ (माघी) महोत्सव मनाउने तयारी थालिएको छ ।
नेपाल पर्यटन,भ्रमण बर्ष २०२० लाई लछित गर्दै बुद्धभुमी १ अवस्थित बसन्तापुरको बनस्पती पार्कमा माघी आयोजना गर्न लागिएको उक्त कार्यक्रम को लागि कमला चौधरीको संयोजकतत्वमा १०१ सद्स्य मुल आयोजक समिती गठन गर्नु को साथै ८ वटा उपसमिती गठन गरिएको छ।
बिगतका बर्षहरुझै यो बर्ष पनि पुस महिनाको २५,२६ गतेको दिन थारु समुदायको झुमरा,झर्रा,मयुर ,लाठी नाच लगायत आधुनिक थारु गित मा नृत्य प्रतियोगिता आयोजना गर्नुका साथसाथै,राष्ट्रिय तथा स्थानिय कलाकार हरु को बेजोड प्रस्तुती सहितको माघी आयोजना गर्न लागिएको संयोजक कमला चौधरीले बताईन ।
त्यसै गरि कपिलवस्तुकै शिवराज नगरपालिकामा पनि प्रथम नगर स्तरिय माघी महोत्सव मनाउने आयोजना गरिने भएको छ। यहि माघ महिनाको २/३/४ गते सम्म तीन दिने माघी महोत्सव आयोजना गर्न लागिएको हो।
उक्त महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय दुई दर्जन बढी कलाकारहरुको सांस्कृतिक नाचको प्रस्तुति रहने नगर समितीको सचीव प्रकाश चौधरीले बताए ।
महोत्सवमा थारु खाना,खाजा परिकारका स्टलहरु र विशेष आकर्षक को रुपमा जतिबेला नेपालको तराई क्षेत्रमा गाडीको सुबिधा थिएन त्यतिबेला थारु समुदायकाले पुर्खौपुर्खा देखी सवारीसाधनको रुपमा प्रयोग गर्दै आएको लढिया(बैल गाडा) लाई सजावटको रुपमा गरि महोत्सवमा सहभागी हुन आउने विशेष पाहुना तथा कलाकार हरु लाई मुख्य द्वार देखि कार्यक्रम स्थल सम्म पुर्याएर स्वागत गरिने तयारी थालिएको नगर समिती सचीव प्रकाशले बताए ।
त्यस्तै शिवराज नगरपालिका अन्तर्गतनै पर्ने भगवानपुरमा पनि यहि पुस महिनाको २८,२९ र माघ १ गते तेस्रो वडा स्तरीय माघी महोत्सव आयोजना गरि भब्य मनाउने भएको छ ।
उक्त कार्यक्रमा पनि पौराणिक थारु नाच लगायत करिब १ दर्जन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक,साङ्गितिक प्रस्तुती रहने आयोजक समितीका संयोजक रमेश चौधरिले जानकारी दिनु भयो।