हेटौंडा := प्रदेश न ३ को अस्थाई राजधानी हेटौडामा हेटौडा होटल एसोसिएनले आयोजना गरेको सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रममा थारु बिधार्थी सभा मकवानपुरले थारु खाना परिकारहरुको प्रदशनी गरेको छ।
सडकमै जाऔ सडकमै खाऔं, सडकमै रमाऔं भन्ने मूल नाराको साथ हेटौडामा शुक्रबारदेखि ३ दिने (११ देखि १३ गतेसम्म) नवौं खाना महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा थारु परिकार (Traditional food) हरु घोङ्ही, गँगटो, सितुवा, ढिकरी, परेवाको मासुको छुट्टै स्वादको मज्जा लिन पाईन्छ ।कार्यक्रममा थारु बिधार्थी सभाले आफ्नो सांस्कृतिक नृत्य पनि प्रदर्शन गरि महोत्सवमा सहभागी लाई भरपुर मनोरंजन दिएका थिए ।