पैदल रेक्सा चालकहरुको पेशा नै धरापमा पर्दै : केन्द्रीय सदस्य अदै ।।

Wednesday, 25 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= अखिल नेपाल ट्रेड युनियन महासंघका (अन्टुक) केन्द्रीय सदस्य केयर सिंह अदैले पैदल रेक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुद्धारा चन्द्रौटामा मंगलबार आयोजित अखिल नेपाल रेक्सा युनियन शिवराज स्तरिय प्रथम भेलामा अदैले यस्तो बताएका हुन् ।

पैदल रिक्सा चालकहरुको अवस्था दयनीय भएकाले उनीहरुको हक हितका लागी रिक्सा सघं गठन गर्नु परेको उनले बताए । साथै रेक्सा चलाएर जीवन निर्बाह गरिरहेका चालकाहरु दिनप्रतिदिन अटो रिक्सा, इ–रिक्सा लगायतका सवारीले गर्दा झनै चपेटामा पर्दै आएको अदै बताए ।  त्यसैगरी सम्पन्न प्रथम भेलाले सफिक अलि दर्जिको संयोजकतत्वमा ७ सदस्यीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रोजन मियां, सचिव रामचन्द्र गुप्ता, कोषाध्यक्ष मुन्हर रहिदास, र सदस्यहरुमा कादिर हुसेन, मोटेलु रहिदास लगायत चयन भएका छन् ।
भेलाले सल्लाहकार पछि थप्ने र यही पौष २९ गते बैठक बस्ने, प्रत्येक महिनाको ८ गते युनियनले विविध विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसैगरि आगामी बैठकले निति नियम तर्जुमा गरि सदस्यहरुलाई प्रशिक्षणको व्यावस्था गर्ने समेत निर्णय गर्ने समितिले जनाएको छ ।
भेलामा चालकहरुले दिनमा बढीमा २०० रुपैयाँ कमाई हुने गरेको भन्दै यसले गर्दा आफूसँग विहान बेलुकाको छाक टार्न समेत समस्या हुने गरेको मर्कमा पर्दै आएको उनीहरुले बताए । उनीहरुले आफूहरुले इ रिक्सा किन्न पनि नसक्ने र इ रिक्सासँग प्रतिष्पर्धा पनि गर्न नसक्ने अवस्था भएको दुखेसो गरे । 

उक्त भेला सफिक अलि दर्जिको अध्यक्षता, अखिल नेपाल ट्रेड युनियन महासंघका (अन्टुक) केन्द्रीय सदस्य केयर सिंह अदैको प्रमुख आतिथ्यता, रेक्सा चालकहरुको सहभागिता र राम चन्द्र गुप्ताको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu