हमार सनेश ड्टकम/आरएन चौधरी थारु ,,
क्वालालम्पुर (मलेसिया):= मलेसियामा एक नेपाली कामदारको काम गर्ने क्रममा मासु खन्याउने मेसिनमा आफैं खसेपछी मृत्यु भएको छ।
सोमबार बिहान ८ बजे मलेसियाको मलाक्कामा (Londang industrial area)नजिकै मस्जिद तनाह स्थित मासु प्रसोधन कम्पनीमा कार्यरत झापा जिल्ला शिव सताशी ,८ निवासी नेपाली कामदार इन्द्र प्रसाद भट्टराईको मेसिन दुर्घटनामा परि मृत्यु भएको हो।
दुर्घटना भए लगत्तै मलाक्का स्थित फायर तथा उद्दार बिभागको कमान्डर मजलान सामको नेतृत्व को समुहले पीडित लाई बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो।
मृत्यु हुने ब्यक्तिको शरीरको तल्लो भागमा र माथिल्लो भागमा समेत गम्भीर चोटपटक लागेकोले घटनास्थल मै ज्यान गएको हो।
दुर्घटना हुने बेला भट्टराईले बन्द गरेर मेसिन मर्मत गरिरहदा एक्कासि मेसिन चालू भएर चलेपछि दुर्घटना घटेको तर त्यतिबेला अन्य तीन जना कामदार हरु पनि संगै रहेको मलेसियन अनलाइन पोर्टल दि-स्टारमा समाचार छापिएको छ।
मलेसिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी सानुमाया रम्तेलले जानकारी गराए अनुसार हाल मृतकको शव अस्पतालमा लगिएको र मृतकको बारे अन्य थप जानकारी पोस्टमार्टम पछि मात्रै कम्पनीले बताउने जानकारी आएको भन्नू भयो ।