क्वालालम्पुर (मलेसिया):= यतिखेर देश देखी बिदेश सम्म नेपाली समुदायमा चाडपर्वको माहोल व्यापक छाएको छ्न ।
दशैतिहार पछिको चाडहरु ल्होसार,चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाका तीन ठुला सहरहरुमा नेपाली ख्यातिप्राप्त कलाकार हरुको उपस्थितिमा १३ औं रिमिक्स धमाका हुने भएको छ ।
रिमिक्स धमाकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आइरको केही समय एता लगातार सञ्चालन हुन नसकेको रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रमका आयोजक राजेश श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम एहि जनवारी २६ तारीख अाईतवार मलेसियाको बातुपहाड भन्ने ठाउँमा , जनवारी २७ तारीख सोमबार चेम्मेर्लाङ जोहोरबारुमा र जनवारी २८ तारीख मंगलबार राजधानी क्वालालम्पुरमा हुने आयोजकले बताए ।
कार्यक्रमका लागी नेपाल बाट राष्ट्रिय कलाकारहरु गायक प्रमोद खरेल , चर्चित हट एण्ड सेक्सी गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) , गायक बिबेक लामा , लोकदोहोरी गायक रामजी खाण्ड र हट डान्सर एलिना रायमाझी लगायतको आउने तय भएको छ।
कार्यक्रममा स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहनेछ।