हिमालयन गोल्डकप-२०२० सम्पन्न/बिजेता टिमले पायो १० हजार आरएम पुरस्कार।

Monday, 27 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर (मलेसिया):= मलेसियामा दर्ता प्राप्त गर्न सफल एक मात्रै नेपाली फुटबल क्लव हिमालयन फुटबल क्लवले चाईनिज न्यु इयरको अवसरमा आयोजना गरेको तिनदिने फुटबल प्रतियोगिता "हिमालयन गोल्डकप-२०२०" मलेसिया ब्यापी खुल्ला फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

आज सोमबार बिहान ११:०० बजे देखि क्वालालम्पुर स्थित मेरडेका स्टेडियममा सुरु भएको फाईनल खेलमा पिसिवाई (pcy) फुटबल टिम जोहोरबारु प्रथम , आयोजक हिमालयन (himalayan) फुटबल क्लव दोस्रो र एमएमएफसी(mmfc"B") फुटबल टिमले तेस्रो स्थान प्राप्त गरि विजयी भएका हुन।
जितको लागी पिसिवाईले आयोजक हिमालयन क्लवलाई २-० ले हराएर प्रथम स्थान हासिल गर्न सफल भएका हुन भने हिमालयन दोस्रो स्थान प्राप्त गरे , त्यसैगरी एफसी पुचोङलाई हराउदै एमएमएफसी"बि"ले तेस्रो स्थान प्राप्त गर्न सफल भएका हुन।
प्रतियोगितामा प्रथम हुने बिजेता टिम पिसिवाईलाई आयोजक क्लव हिमालयन फुटबल क्लवको तर्फबाट क्लवका उपाध्यक्ष शिव सुबेदीले नगद १० हजार आरएम ( RM ) सहित ट्रफि र प्रमाणपत्र प्रदान गरेका हुन। त्यसैगरि दोस्रो विजेता हुन सफल आयोजक क्लव हिमालयनलाई नगद ५ हजार आरएम सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका हुन भने तेस्रो विजेता एमएमएफसी फुटबल टिमलाई नगद ३ हजार आरएम सहित ट्रफी र प्रमाणपत्र प्रदान गरि सम्मान गरेका गरेका हुन ।

शनिबार देखी सोमबार सम्म तीन दिन सम्म आयोजना भएको यस खेल प्रतियोगितामा मलेसियाका विभिन्न स्थानमा रहेका १३ वटा टिमहरुले भाग लिएका थिए। यहि प्रतियोगितामा सहभागी भएका विभिन्न टिमका उत्कृष्ट खेलाडीहरु छनोट भैई नेपालबाट आगामी मेई ( May ) महिनाको १ तारिखमा खेल्न आउने राष्ट्रिय खेलाडीहरु संग मिलेर माईग्रेण्ड कपमा समेत सहभागिह हुन पाउनेछ्न फुटबल खेल खेल्न पाउनेछ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu