गायक मनोज महतोको "ओइ पगली" माघीकै दिन युट्युबमा रिलिज (भिडियो सहित हेर्नुस्)

Wednesday, 15 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु,,
चितवन:= २०६१ साल देखीनै गितसंगीतको क्षेत्रमा लागेर एकपछि अर्को सुपरहिट गित गाएर चर्चा कमाउन सफल,कलाकारिता क्षेत्रमा जम्न सफल नाम हुन चितवन खैरेनी नगरपालिका वडा नम्बर १ बहेरी निवासी गायक मनोज महतो (थारु) ।

मै तो दङ्ग परलसु , अखिया सराबी तोरा ,होर तई इ सलवा, हजारमा लाखमा , साली भेटे ससुर घर जाई लगायतको दर्जनौं बढी चर्चित थारु भाषाको , नेपाली भाषाको गितहरु गाईसकेर विभिन्न मेला,महोत्सवमा समेत आफ्नो प्रस्तुति देखाईसकेर ब्यापक चर्चा कमाउने गरेका छ्न गायक महतोले।

केही दिन अगाडी मात्रै " माघी रे " बोलको गितमा स्वर दिइएका महतोले पुनः आज थारु समुदायको नयाँ बर्ष २६४३ माघीको शुभ अवसर पारेर आफ्नै शब्द संगीतमा तयार पारेको थारु गित " ओई पगली "आफ्नै अफिसियल युट्युब च्यानल "मनोज महतो" मा रिलिज गरेका छ्न ।
यस गितमा गायक महतोलाई  चर्चित गायिका अनु चौधरीले स्वर दिई साथ दिएका छ्न भने मोडलमा थारु समुदायका प्रख्यात चर्चित सुपरमोडल वीर चौधरी संगै टिकटकबाट भाईरल बनेका र अब उप्रान्त मोडलिङमै जम्ने प्रयासमा गरिरहेकी मोडल सुष्मा चौधरीको लाजवाफ अभिनय देख्न सकिन्छ्।

यस् म्युजिक भिडियोको छायांकन लक्ष्मण घिमिरे,निर्देशन हिरा चौधरी,ब्यवस्थापन महाराज थापाले गर्नु भएको छ भने श्रिङ्गार,डिजाईन अनिता तामाङ,आश्मा महतो लगायतकोले गरेकी हुन । यसै म्युजिक भिडियोबाट मोडल सुष्मा चौधरीले डेब्यु गर्दैछिन।
गायक महतो यतिबेला चितवनमा हुने सातौं खिचरा महोत्सव लगायत विभिन्न ठाउँमा आयोजना हुने माघे सङ्क्रान्ती,माघी मेलामा समेत आफ्नो प्रस्तुती देखाउदैछ्न  ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu