कपिलवस्तुको शिवराजमा माघी(खिचडी) महोत्सव हिजोदेखी सुरु।

Monday, 20 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:=कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सव आईतवारबाट सुरु हुने भएको छ । आईतवारबाट सुरु हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने साथै महोत्सवको समुद्धघाटन संविधान सभा सदस्य बिश्राम प्रसाद थारुले गर्नेुहुने भएको आयोजकले जनाएको छ ।

माघ २ देखि ५ गते सम्म हुने भनिएको महोत्सवको तयारी पुरा भए पनि बुधबार राति देखि नै मौसम प्रतिकूल भएको कारणले गर्दा कार्यक्रम स्थिगित गरिएको थियो ।
महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।
यस्तै महोत्सवलाई रोचन बनाउनुका साथै दर्शकलाई मनोरञ्जन दिन अञ्जु कुस्मी, राज कुस्मी, श्रीनिवास चौधरी, गणेश चौधरी, समिक्षा चौधरी, हरिनारायण थारु, खेम चौधरी, सोनु कुम्मी लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाउने छन् ।

त्यसैगरी सरगम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मञ्च तताउने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu