सुनिल चौधरी,,
झुम्का:= उच्च शिक्षा अध्यन प्रोत्साहनकालागी सर्वपक्षिय दलित सञ्जाल रामधुनी नगर समितिद्धारा छात्रबृति बितरण गरेको छ । रामधुनी नगरपालिकाको सहयोगमा सञ्जालले नगरका २० जना दलित समुदायका बिध्यार्थीहरुलाई नगद सहित छात्रबृति बितरण गरेको हो।
रामधुनीका १ देखि ९ वटै वडाका आर्थिक कमजोर परिवारका दलित बिध्यार्थिहरुलाई जनही ४ हजार नगद उपलब्ध गराउदै छात्रबृति बितरण गरेको हो । आर्थिक कजोरकै कारण दलित बिध्यार्थि पढ्न छोड्ने भएकोले उनीहरुमा छात्रबृति प्रदान गरेको आयोजकले जानकारी दिए । छात्रबृति नगर उपप्रमुख सबिना चौधरी, शिक्षा अधिकृत राजन गेलाल, कार्यपालिका सदस्य सर्मिला बिक, लक्ष्मि चौधरी सामाजिक न्याय मञ्चका डिबि साह संकर लगायतका अतिथीहरुद्धारा बितरण गरेका हुन् ।
यसैगरी नगरका दलित महिला तथा पुरुषहरुलाई सामुहिक भेला गराई दलित अधिकार सम्बन्धि अभिमुखिकरण समेत गरेको छ । छुवाछुतको अवस्था, संबिधानमा उल्लेख दलित मैत्रि सम्बन्धि जानकारी दिएका हुन् । मानव बिकास,अन्तराष्ट्रिय मानव अधिकारमा उल्लेख अधिकार, दलित आयोगको बारेमा जानकारी दिएका छन् । गरिबिका कारण र यसलाई हटाउन सक्ने अवस्थाका बारेमा समेत जानकारी दिएको हो । यस सम्बन्धि सामाजिक न्याय मञ्चका डिबि साह संकरले सहजिकरण गरेको सञ्जाल नगर समिति कार्यवाहक अध्यक्ष मिलन बिकले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य सोभा सरदार, लिलिया सरदार, सञ्जालकी पुनम बिकको समेत उपस्थितीमा उच्च शिक्षा अध्यन प्रोत्साहनकालागी दलित बिध्यार्थिहरुलाई छात्रबृति बितरण तथा दलित अधिकार सम्बन्धि अभिमुखिकरण सम्पन्न गरेका हुन् ।