मगर समुदायले मगरात भन्ने बित्तिकै विवादास्पद: प्रदेश सल्लाहकार बुढा ।

Thursday, 27 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= नेपाल मगर संघ तथा प्रदेश सल्लाहकार बलराम बुढाले मगर समुदायले मगरात भन्ने बित्तिकै विवादास्पद भएकाे बताएका छन् । नेपाल मगर संघ शिवराज नगर समितिले शिवराज-१, शिवपुरमा अायाेजना गरेकाे कार्यक्रममा बुढाले यस्तो बताएका हुन्।

३८अाैँ राष्ट्रिय मगर एकता दिवसकाे अवसरमा बिहीबार भएकाे कार्यक्रम सल्लाहकार बुढाले समुद्घघाटन गर्दै ५ नं प्रदेशकाे नामकरण मगरात राख्ने प्रस्ताव राख्दा मगरहरूकाे जात जाेडियाे भने गैर मगरले विवाद उठाएकाे उनले बताए । तर मगर समुदायकाे जातीय हिसाबले हाेइन् मगर समुदायले रचेकाे इतिहासलाई लक्षित गरि प्रदेशकाे नाम मगरातसँग जाेड्ने बुढाले उल्लेख गरे ।
राष्ट्रियताकाे ऐतिहासिक सन्देश दिने मगरात पहिचान, संस्कृति, संस्कार र परम्परा रहेकाे बताउँदै १६अाैँ शताब्दीमा फर्केर हेर्दा देशकाे १८ स्थानमा मगरहरूले राज्य चलाएका इतिहास रहेकाे  उनले जिकिर गरे । उनले भने वास्तविकतामा इतिहासलाई शिर ठाडाे गरेर भन्ने हाे भने मगर बहुल्य भएकाे क्षेत्र ५ नम्बर प्रदेश मानिन्छ । मगर पहिचान सँग जाेडिएकाे बिषय रहेकाे दावी समेत सल्लाहकार बुढाले गरे ।

"मगर इतिहास भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरूकाे मुल मन्त्र, जाति पहिचान र स्वयत्त शासन सहितको संघिय लाेकतान्त्रिक गणतन्त्र" भन्ने मुल नाराका साथ भएकाे कार्यक्रममा बाेल्ने अधिकांश वक्ताले मगर समुदाय एक छुट्टै पहिचान भएकाे साँस्कृतिक धनी समुदाय जुन देशकै गहनाकाे रूपमा चिनिने गरिन्छ यसलाई सम्बर्द्धन र संरक्षण गर्नु जुनसुकै समुदायको दायित्व रहेकाे बताउँदै कार्यक्रम सफलताको कामना समेत गरेका थिए ।

उक्त कार्यक्रममा पूर्ण बहादुर बुढा मगरकाे अध्यक्षता, नेपाल मगर संघ तथा प्रदेश सल्लाहकार बलराम बुढाकाे प्रमुख अातिथ्यता, शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, चन्द्राैटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य राम अवतार थारु, देवी सरु मगर, चुर बहादुर खड्का, जगत बहादुर घर्ती, लाल बहादुर मगर लगायतकाे अातिथ्यता, गणेश बुढा मगरकाे स्वागत र खिम बहादुर पुनकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu