झुम्का:= रामधुनी वडा नं. १ स्थित रहेको भादगाउँ सिनुवारी माध्यमिक बिध्यालयको ब्यवस्थापन समितिमा सुक्रवार ६ सदस्य चयन भएको छ । शिक्षा शाखा अधिकृत राजन गेलालको उपस्थितीमा भएको अभिभावक भेलाले ४ सदस्य छनौटगरी वडाअध्यक्ष र प्रध्यानाध्यापक अनिवार्य रहने गरी ६ जना चयन भएको हो ।
तिन बर्षको कार्यकाल रहने समितिको अवधि दुई महिना अगाडी सकिएपनि गठन हुन सकेको थिएन् । बिभिन्न कारणले गठन हुन नसक्दा सुक्रवार बिध्यालयको परिसरमा अभिभावक भेला हुदै समितिको सदस्य चयन भएको छ । सदस्यहरुमा भाग्यनारायण चौधरी, प्रमिला दाहाल, पुनम बिक र प्रभा साह चयन भएको हो । यसैगरी सम्बन्धित वडाका वडाअध्यक्ष र सदस्य सचिवमा बिध्यालयका प्रधानाध्यापक स्वत सदस्य रहने भएकोहुदा वडाअध्यक्ष महेश चौधरी र सदस्य सचिवमा दसरथ दासलाई रहने शाखा अधिकृत गेलालले घोषणा गरेका हुन् ।
चयन भएको समिति सदस्यहरुको पहलले अब बाँकी ३ जना सदस्यलाई मनोनितगरी ल्याउने छन् । समाज सेबि तथा बुद्धिजिबिबाट १ जना महिला वा पुरुष त्यसैगरी शिक्षा प्रेमीबाट १ जना मनोनित हुने छन् भने शिक्षकबाट पनि १ जना मनोनितबाट चयन हुने छन् । चयन भएका ९ जना सदस्यहरु मध्येबाट अध्यक्ष लगायतका पदहरु बिभाजन हुने शिक्षा अधिकृत गेलालले जानकारी दिए । सदस्य चयन पछि वडाअध्यक्ष महेश चौधर, नव निर्वाचित सदस्य प्रमिला दाहालले बिध्यालयको हकमा काम गर्ने प्रतिबद्धता गरे भने निबर्तमान अध्यक्ष सगेन चौधरीले कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरी सोहि अभिभावक भेलाबाट शिक्षक अभिभावक संघको पनि पुनर गठन भएको छ । अजय साह रौनियार अध्यक्ष रहनेगरी समिति गठन भएको हो । समितिको सदस्यहरुमा बिपत लाल चौधरी, लिला आचार्य, उर्मिला चौधरी, पुना चौधरी, कुमारी चौधरी, मसनी सरदार र भारती देवि सरदार चयन भएका छन् । यसका साथै बिध्यालयले खाजा भत्ता समेत बितरण गर्दै आएकोमा सो को ब्यवस्थापनकालागी समेत समिति गठन गरेको बिध्यालयले जनाकारी दिए ।