झुम्का:= थारु समुदायले मनाउने बर्षभरीकै पर्वहरुको बारेमा “अखारी पसारी सिरुवा उसारी” बृतचित्र निर्माण गरिएको छ । थारु संस्कारमा रहेको पर्वहरुमा पौराणिक मान्यता अनुसार मनाउने बिधि संकलन सहितको बृत चित्र निर्माणगरी यहि फागुन २१ र २२ गते प्रर्दशनि गर्ने तयारी गरेको हो ।
झुम्काको म्याजिक सिनेमाहलमा प्रर्दशन हुने जानकारी दिएका छन् । थारु संस्कारमा रहेको बर्षभरी मनाउने पर्वहरुको बारेमा दृष्य र सम्वाद सहितको बृतचित्र तयार गरिएको संयोजककर्ता फुलो चौधरीले बताईन् । २०७५ सालकै लक्ष्मि पुजाको दिन शुभमुहुर्त गरेको बृतचित्र तयारी भै सकेकोले प्रदर्शनिको तयारीमा जुटेको पत्रकार सम्मेलन मार्फ जानकारी दिए । संस्कारको मौलिकता बुझ्न बृतचित्र हेनु पर्ने चौधरी बताए । थारु समुदायले मनाउदै आएको पर्वहरुको बारेमा यस बृतचित्रबाट गैर थारुले पनि जानकारी लिन सकिने बताईन् । प्रदर्शनहुने दिन सहयोगकालागी केही शुल्क राखेकोले टिकट खरिदगरी सबैले सहयोग गर्नु पर्ने संयोजककर्ता चौधरीले अनुरोध समेत गरेकी छिन् ।
फुलो चौधरी रामजानकी युवा क्लव बक्लौरी खरही टोलकी अध्यक्ष हुन् । सो क्लवको आयोजनामा शुभमुहर्तगर्दै तयारी थालिकएको थियो । थारु समुदायले मनाउने पर्वहरु लोपहुदै गईरहेकोले सोको संरक्षणकालागी तयार गरेको जनाए । पौराणिक मान्यता अनुसारका लगपाचे, बहरजात्रा, तिला संक्राईत, बैवाहिक बिधब्यवहार लगायतका पर्वको मौलिकता प्रस्तुत गरिएका बताए । असारमा मनाईने अखारी पर्वबाट थारु समदायको पर्वहरु सुरु हुने र सिरुवा पर्व मनाउदै पर्व सम्पन्न तथा उसारीने भएकोले बर्षभरीनै गमनाएको पर्वहरुको गतिबिधिहरुको बारेमा जानकारी दिन खोजिएको छ ।
सामान्य लेख पढ गरेकी तर संस्कार बारेमा पोख्त भएकी जागरुक थारु महिलाको नेतृत्वमा तयार भएको डकुमेन्ट्रिमा सुझाव सल्लाहरु तथा मुल्याङ्कनकालागी एकपटक हेर्नै पर्ने निर्दैशक पर्शुराम चौधरीले बताए ।
थारु समुदायले पर्वहरुमा गरिने संस्कारका बारेमा दृश्यहरु समावेस गरेकोले आकर्षक रुपमा निर्माण भएको बताए । जानकारहरुको अन्तरवार्ता समेत समावेस गरिएकोले संस्कारका बारे थप प्रष्ट हुने छन् भनेर जानकारी दिए । सुनसरी, मोरंग, सप्तरी दाङ्ग लगायतका जिल्लाहरुको थारु बस्तिहरुमा छयाङ्कन गरिएको छ । दृश्य सम्पादन भने रेनु चौधरीले गरेकी छन् ।