काठमाडौं := थारु समुदायको माउ संस्था थारु कल्याणकारीणि सभाको भात्री संस्थाको रुपमा रहेको थारु युवा सभा , घूङी अनलाइन न्युज पोर्टल र जह इन्टरटेन्मेन्ट लगायत अन्य संघसंस्थाको संयुक्त आयोजनामा देशको संघीय राजधानी काठमाडौंमा दोश्रो राष्ट्रिय थारु फगुवा महोत्सव भब्य आयोजना हुने भएको छ ।
थारु कल्याणकारीणी सभाको केन्द्रिय कार्यालय ,काठमाण्डौमा बसेको त्रीपक्षिय बैठकले यस्तो निर्णय गरेको थारु युवा सभाको केन्द्रिय महासचिव चन्चल चौधरीले बताउनु भयो।
महासचिव चन्चलको अनुसार थारु युवा सभाका अध्यक्ष कानुन लाल चौधारीकाे संयाेजकत्वमा “दोश्रो रास्ट्रीय थारु फगुवा महोत्सव २०७६ ” हुन लागेकाे हाे । काठमाण्डौमा बसोबास गर्ने थारुहरुलाई एकताबद्द गरी थारुहरुको हकहित अधिकारको रक्षाको लागी प्रोत्साहन गर्ने तथा थारुहरुको मौलिक कला संस्कृतीलाई सम्बर्द्धन,प्रबर्धन गर्ने र अन्य समुदायसँग संस्कृती,शुभकामना आदन प्रदान गर्ने उदेश्यले उक्त महाेत्सव गत वर्ष देखि आयोजना गर्न सुरु गरिएको थियो।
राष्ट्रिय थारु फगुवा महोत्सव गत बर्षभन्दा यो वर्ष अझ भब्य,उल्लासमय बनाउने उदेश्यले यस् पटक थारु युवा सभासँग सहकार्य गरेको पहिलो राष्ट्रिय थारु फगुवा महोत्सवका संयोजक समेत रहेका चन्चल चौधरीले बताए।
महोत्सव फाल्गुण २६ गते ब्वाइज युनियन क्लब खेलकुद मैदान ,त्रिपुरेश्वोर,काठमाण्डौ हुदैंछ भने महोत्सवमा नेपाली राष्ट्रिय कलाकारहरुको साथसाथै थारु समुदायको चर्चित सुपरस्टार कलाकार तथा गायकगायिकाहरूकाे मनाेरन्जनात्मक विशेष प्रस्तुतिहरू रहनेछ ।