थारु युवा सञ्जालको अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।

Wednesday, 11 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
चन्द्रौटा(कपिलवस्तु):= थारु युवा सञ्जाल कपिलवस्तुले शुभकामना अदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको शिवराज नगरपालिका–५, पुर्व रहटकोल गाउँमा सो कार्यक्रम मंगलबार सम्पन्न गरेको हो।

अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमोद चौधरीले सम्मानजक तरिकाले थारु समुदायमा मनाइने होली पर्वलाई भव्य सव्य रुपमा मनाउने शुभकामना दिँदै कोरोना भाइरसबाट बच्ने उपायका बारेमा बताउँदै सजग रहन सरसफाइमा समेत ध्यान दिनुपर्ने उनले उल्लेख गरे । 
यस्तै कार्यक्रममा बोल्दै युवा अगुवा लक्ष्मण थारुले थारु समुदायका हरेक व्यक्तिले शारीरिक रुपमा जति गाह्रो काम परे पनि गर्न सक्ने तर क्षमता भए पनि बौद्धिक काम गर्न अग्रसर नभएकोमा चिन्त व्यक्त गर्दै थारु सञ्जालले प्रत्येक गाउँ गाउँमा जागरण अभियान चलाउने सामाजिक, राजनैतिक र शैक्षिक क्षेत्रमा समेत टेवा पु्याउने उनले बताए । उनले भने यो कुनै पार्टी गत होइन् सामाजि क्षेत्रमा इच्छु जुनसुकै समुदायका व्यक्तिले आबद्ध भएर सहकार्य गर्ने साथै होली पर्वको शुभकामना समेत अगुवा थारुले जनाए ।
त्यसैगरी उक्त कार्यक्रममा बोल्ने अधिकांश थारु अगुवाहरुले विशेषगरी थारु समुदायमा २ दिन होली धुलो हिलोले खेल्ने गरिन्छ तर त्यस्ता अनैतिक गतिविधीले हाोली (ढुरेहरी) नखेल्न आग्रह गर्दै विश्वभर कोरोना भाइरसको चर्चा परिचर्चा भइरहँदा आम समुदायलाई सचेत रहनु पर्ने जनाए । कार्यक्रम दिनप्रतिदिन समाजमा बढ्दै गरेको विकृति र खासगरी थारु समुदायमा मौलाउँदै गरेको शिक्षाप्रतिको गैर जिम्मेवारीलाइ लक्षित गरि थारु युवा सञ्जालले ध्यानाकर्षण गर्दै विकल्प खोजी व्यावहरिक रुपमा अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेको संयोजक प्रकाश चौधरीले बताए ।  

उक्त कार्यक्रम उमेश थारुको अध्यक्षता, प्रमोद चौधरीको प्रमुख आतिथ्यता, सामाजिक अभियन्ता दीपक थारु, युवा अगुवा प्रकाश चौधरी, अर्जुन थारु, प्रताप थारु लगायतको आतिथ्यता, ४५ जना युवाहरुको सहभागिता, सुनिल थारुको स्वागत मन्तव्य र सन्तराम थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu