काठमाडौं :=भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्ततः अन्तिम समयमा आएर स्थगित गरिएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वमानै मर्नेको संख्या दिनानुदिन बढ्दै गैइरहेको छ । नेपालमा पनि कोरोनाको असर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो ।व्यापक दबाब पछि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन निर्देशन जारी गरेको छ।
कोरोनाको बारे सरकारले पहिलानै निर्णय लिन नसकेर परिक्षाको पूर्वसन्ध्यामा मात्र आएर यो निर्णय गर्दा सदरमुकाम लगायत विभिन्न ठाउँमा परीक्षा दिन केन्द्रमा भेला भएका,पुगेका हजारौं विद्यार्थी मारमा परेका छन्।
सरकारले अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाए पछि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले ढिलै भए पनि अन्यौलबाट भने मुक्त भएका छन् । यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए । यसैबीच त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संकायका परीक्षाहरु पनि स्थगित गरिएको जनाइएको छ।
