एजेन्सी := बलिउडका सुपरस्टार नायक सलमान खानले आफू खेल्ने चलचित्रमा प्रायजसो नयाँ नयाँ अभिनेत्रीहरु संग अभिनय गर्न रुचाउने गर्दछन ।एकपछि अर्को हिन्दी चलचित्रमा नयाँ नयाँ नायिकालाई फिल्म खेलाउन माहिर मानिन्छ्न सलमान खान ।
सलमान यतिबेला आफ्ना नयाँ चलचित्र ‘राधे’ मा नायिका दिशा पटानीसँग काम गरिरहेका छन् । फिल्मको सुटिङ चलीरहेको छ तर कोरोना भाईरसको फैलदो संक्रमणको कारणले अनिश्चितकालको लागी सुटिङ स्थगित गरिएको छ। उनै, सलमानले अब नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्दैछन् । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । यो चलचित्रका लागि साउथ इन्डस्ट्रीकी बलिउड नायिका पूजा हेड्गेलाई फाइनल गरिएको भारतीय मिडियाले समाचारमा प्रकाशित गरेका छ्न।
पूजाले पछिल्लो समय दुई चलचित्र हिट दिएकी छिन् । ‘हाउसफूल ४’ र एक तेलुगु चलचित्र "अल्ला बैकुण्ठपुर्णमलम" मा उनले हिट दिएकी छिन् । भारतीय मिडियाका अनुसार, सलमानको नयाँ चलचित्रका लागि पूजाले निर्मातासंग ‘हाउसफूल ४’को भन्दा ४ गुणा बढी पारिश्रमिक लिएकी छिन्न।
निर्माता नाडियाडवालाले पूजाको लोकप्रियतालाई हेरेर महंगो पारिश्रमिक दिईसकेको बताइएको छ ।
बलिउडमा नायकहरुले हिट चलचित्र दिएसँगै पारिश्रमिक बढाउने गरेका छन् । अब, यो शैली नायिकामा पनि लागू भएको छ ।
