राष्ट्रिय जनमोर्चाको संगठन निर्माण अभियान जारी ।

Friday, 20 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= जिल्लाको पश्चिम क्षेत्र विजयनगर गाउँपालिका वडा नं ३ मा राष्ट्रिय जनमोर्चाले वडा भेला सम्पन्न गरेको छ । बुधबार पत्थरडैयामा भएको भेलाले राजकुमार यादवको अध्यक्षतामा ७ सदस्यीय वडा कार्य समिति गठन गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा दुर्गा पासी, सचिवमा घुरौ कुर्मी, कोषाध्यक्षमा प्रेमचन्दा यादव, सदस्यहरु लोकनाथ अधिकारी, तिलक राम कोरी र रानरुजा पठान लगायत चयन भएका छन्। राष्ट्रिय जनमोर्चाले कपिलवस्तुमा संगठन निर्माण अभियानलाई जारी राख्दै फागुन महिनाभर उत्साहका साथ सञ्चालन भएको संगठनात्मक अभियान चैतमा समेत यथावत रहेको जनमोर्चले जनाएको छ ।

त्यसैगरी नवप्रवेशीहरुलाई राजमोको सदस्यता दिएर सुरु भएको भेलामा राजमो जिल्ला परिचालन समिति सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदैले देशको राजनीति, संघीयता, सीमा अतिक्रमण, राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा तराई मधेश जनवादी मोर्चा विजयनगर गाउँ समितिका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा वडा नं ५ का अध्यक्ष खाडेरु पासी, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका अध्यक्ष गोपाल सुनार, राष्ट्रिय जनमोर्चा वडानं १ का अध्यक्ष प्रभु यादव, राष्ट्रिय जनमोर्चा विजयनगरका सचिव गोविन्द परियार लगायत नेताहरुले शुभकामना दिएका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu