ब्यवसायिक योजना सहित थारु महिला उत्थानको सिप बिकास तालिम सम्पन्न।

Saturday, 14 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरीु,,
झुम्का, चैत्र १ । महिला शसक्तिकरण तथा संस्कृति संरक्षणमा अभियान संचालन गर्दै आएका थारु महिला उत्थान समाज रामधुनी सुनसरीले सुक्रवार सिप बिकास तालिम सम्पन्न गरेको छ । महिलाहरु स्वरोजगार भएर आयआर्जन गर्न सक्ने उधेश्यले ब्यवसायिक योजना सहित सिप बिकास तालिमको आयोजना गरेको हो ।

रामधुनी नगरपालिका तथा वडाकार्यालयको सहयोगमा ब्यसाय गर्नसक्ने अवस्था र प्रकृयाको बारेमा समेत जानकारी दिदै बुटाभरिएको सुर्के थैलि बनाउने सिप तालिम दिएको आयोजकले बताए । नगरका ४५ जना महिलाहरु तालिम लिएका छन् । ५ दिवसिय तालिमले ब्यसायिक बन्न सक्ने क्षमता उपलब्धि पाएको अर्का प्रशिक्षार्थि रमिता चौधरीले जानकारी दिईन् । घरमै बसेर घरको काम संगै सुर्केथैलि उत्थपादन गर्न सकिने भएकोले महिलाहरुकालागी उपयुक्त तालिम रहेको तालिममा सहभागी प्रशिक्षार्थि कल्पना चौधरीले बताईन् । 
महिलाहरु स्वरोजगारले आयआर्जन गर्न सक्ने भएकोले यसबाट महिला हिंसामा न्युनिकरण हुने नगरप्रमुख जयप्रकाश चौधरीले बिश्वास लिएको बताए । तालिममा सम्पुर्ण सहभागीहरुलाई प्रोतसाहन गर्दै आफु पनि घरमा सिलाई कटाई गर्दै आएको नगरप्रमुख चौधरीले बताए । तालिम समापनमा नगरउपप्रमुख सबिना चौधरी, शिक्षा शाखा अधिकृत राजन गेलाल, योजना शाखा प्रमुख हर्षलाल चौधरी, वडाअध्यक्ष महेश चौधरी, हेमनारायण राजधामि, कार्यपालिका सदस्य सर्मिला बिक, टिका लक्ष्मि श्रेष्ठ, लक्ष्मि चौधरी, वडासदस्य उमा थरुनी लगायतका अतिथीहरुले सहभागीहरुलाई उद्यमि बन्ने शुभकामना दिदै प्रमाण पत्र बितरण गरेका थिए । 
उत्थान समाजले थारु समुदायका पर्वहरुको प्रवद्र्धन, संस्कृतिहरु संरक्षण गर्दै बौद्धिक स्तरका सामाजिक कार्यहरु सहित सचेतना कार्यक्रमहरु गर्दै आएका छन् । यस भन्दा पहिले युवा, बालबालिकाहरु र अभिभावकहरुलाई साईबर अपराधका बारेमा सचेतना तालिम आयोजना गरिसकेका छन् । उत्थानले सिप बिकास सम्बन्धि ५ दिन तालिमकालागी डम्मर कुमारी श्रेष्ठले सहजिकरण गरेकी थिईन् । उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा तालिम संचालन भएको थियो भने संस्थाकी सचिव सनम चौधरीले कार्यक्रम संचालन गरेकी थिईन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu