बुधबार राती मुम्बईको ( HN reliance foundation hospital ) मा उपचारको लागी भर्ना भएका अभिनेता कपुरको ६७ बर्षको उमेरमा आज बिहिवार बिहान मृत्यु भएको भारतिय सञ्चार माध्यम "जि न्युज"ले प्रकाशन गरेको समाचारमा उल्लेख गरेकाछ्न।
कपुर बिगत २०१८ देखीनै क्यान्सर पीडित रहेको बुझिएको छ। केहि बर्ष पहिला अमेरिकाबाट उपचार सकिएर सेप्टेम्बर २०१९ मा ईन्डिया आफ्नो घर फर्केका थिए । त्यसपछि पुनः स्वास्थ्यमा गडबडी भएर , भाइरल ज्वरो आएर दुई पटक ईन्डियाकै अस्पतालमा भर्ना भएका थिए ।
उनको परिवारमा पत्नी नीतू कपूर र बच्चाहरू रिद्धिमा कपूर साहनी र अभिनेता रणबीर कपूर रहेका छन्। ऋषि कपूर, जो सोशल मिडियामा एकदम सक्रिय थिए, अप्रिल २ तारिखदेखिनै उनले आफ्नो ट्विटर खातामा स्टाटस पोष्ट गर्नै छोड्देको थियो।
भारतीय सिने जगतका प्रख्यात कलाकार राज कपूर र कृष्णा राज कपूरका छोरा ऋषि कपूरले बलिउडमा थुप्रै ब्लकबस्टर फिल्महरूमा अभिनय गरेका थिए। उनी एक फिल्म निर्माता पनि थिए। उनले १९७० सालमा मा राज कपूरको फिल्म 'मेरा नाम जोकर' बाट डेब्यू गरेका थिए जबकि उनको मुख्य फिल्मको रूपमा पहिलो फिल्म १९७३ सालमा डिम्पल कपाडियाको बिरूद्ध 'बबी' मा अभिनय गरेका थिए।
दशक लामो आफ्नो बलिउड करियरमा उनले 'कर्ज', 'खेल खेल में', 'अमर, अकबर र एन्थोनी', 'लैला मजनू', 'नगीना', 'सागर', 'हम किसिस कुम' जस्ता चलचित्रहरूमा प्रमुख भूमिका खेले। पछिल्लो समय उनले चाँदनी,दामिनी, दो-दोनी चार, डी-डे, अग्निपथ र कपूर एण्ड संस लगायतको फिल्ममा अभिनय गरेर दर्शक क्ष्रोताको मन जितेका थिए।
हिजो बुधबार मात्रै अर्का भारतिय अभिनेता इरफान खानको निधन भएको थियो।बलिउडका दिग्गज कलाकारहरुको निधनमा यतिबेला ईन्डियाका सिने जगतका हस्तिहरुले कोरोनाको कारण ईन्डियामा जारी लकडाउनमा घरबाट बाहिर निस्किन नमिल्ने भएकोले समाजिक संजाल मार्फतनै मृतक अभिनेताहरुप्रती शोक व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरिरहेका छन।