मलेसियामा सडक दुर्घटनामा परेर अर्जुन नेपाली गम्भीर घाइते।

Monday, 11 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कम्पनीमा कार्यरत एक नेपाली श्रमिक सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छ्न ।

मलेसियाको जोहोरबारु राज्यमा अवस्थित मियाउ मियाउ  ( miaow miaow food products sdn.bhd.) नामक चिप्स लगायतको खाद्य सामाग्री उत्पादक कम्पनीमा कार्यरत अर्जुन नेपाली ( सुर्खेती ) आईतवार साझ करिब ०४:०० बजेतिर साईकलमा सवार भैई कम्पनीबाट आफ्नो कोठामा फर्किने क्रममा बिपरित दिशाबाट आएको मलेसियाको स्थानीय नागरिकको गाडीले ठक्कर दिइएको कम्पनी क्ष्रोतले जानकारी गराए ।

अर्जुन बिगत १० बर्षदेखी सो कम्पनीमा कार्यरत रहेका थिए ,  जानकारी आए अनुसार घटना स्थलमा पुगेको स्थानीय पुलिसको भनाई अनुसार अर्जुनले रक्सी सेवन गरेकोले अगाडिदेखि आईरहेको गाडीलाई नदेखेर साईकल कन्ट्रोल गर्न नसकेर ठोकिन् पुगि दुर्घटना भएको बताइएको छ।
तर यता सोही कम्पनीमा संगै कामगर्ने उनका साथीहरुसंग टेलीफोन सम्पर्क गरेर घटना बारे बुझ्दा अर्जुनले हिजो आईतवार रक्सी , दारु सेवन नगरेको बताएका छ्न ।उनका साथीले भने " हो कहिलेकाही उहाँले रक्सी सेवन गर्नुहुन्थ्यो तर बेलुकाको समयमा मात्रै , यसरी साझ ०४:०० बजेतिर नै खाने बानी उनको थिएन र मान्छे पनि एकदमै नरम , शालीन मिलनसार स्वभावको रहेको बताए । 

गम्भीर घाइते अर्जुनको अहिले जोहोरमै अवस्थित सुल्तान हस्पिटलमा उपचार भैईरहेको छन । अहिलेसम्म डाक्टरले बताए अनुसार उनको खुट्टा भाचिएको र बाकी कुन कुन अंगमा कति असर परेको छ्न भन्ने बारे बिस्तृत रुपमा रिपोर्ट आईसकेपछी बल्ल थाहा पाउन सकिने सोही कम्पनीमा कार्यरत एक कामदारले बताए ।

नेपाल गोर्खा जिल्ला निवासी बताइएको गम्भीर घाइते अर्जुनको घरमा आमाबुबा,श्रीमती,एक छोरा र एक छोरी रहेको जनाएका छ्न ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu