नेपालमा अहिलेसम्म २०८ जना संक्रमित फेला / पत्रकारमा पनि कोरोना देखियो।

Tuesday, 12 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
पर्सा := बिरगंज पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने संभावना देखिएको छ । पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार रहेको जनाइएको छन्।

संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत  छन् ।

आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् । संक्रमित एक संचारकर्मीले भने– सिडियो र डिएसपीसहित हामी ७५ जना भन्दाबढी छलफलमा सँगै थियौँ ।’ यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको हो । ४ जना पत्रकार मध्य २ जनाको मात्रै परिक्षण सकिएकोले पोजिटिभ रिपोर्ट आएको बताएका छ्न भने अझै २ जनाको रिपोर्ट आउन बाकी रहेको बताए ता पनि ति २ मा समेत १००% कोरोना हुनसक्ने आशँका डाक्टरले गरेका छ्न ।

मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २०८ जना पुगेको छ्न । जसमध्ये ३३ जना बढिले उपचार सकिएर स्वास्थ्य लाभ लिईसकेको जनाइएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu