मेरोमाइक्रो फाइनान्सका कर्मचारीहरुद्वारा चेरवन्त खबरलाई इन्टरनेटको जडान खर्च सहयोग।

Sunday, 10 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कोल्हबी := मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कोल्हबीका कर्मचारीहरुले अनलाईन न्युज पोर्टल चेरवन्त खबरलाई इन्टरनेट जडानको समपुर्ण खर्च सहयोग गरेको छ । 

कोरोना भाइरसको महामारी फैलिन नदिन र यो भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण समाचार सम्प्रेशन गर्न लगायत इन्टरनेटको खर्च धान्न समस्या भएकोले चेरवन्त खबरलाई सहयोग गरिएको जनाइएको छ ।
सो सहयोगका लागि लघुबित्तका शाखा कार्यालयका प्रबन्घक अजित कुमार मण्डल , कनिष्ट सहायक शैलेन्द्र चौधरी र चन्दन चौरसिया, त्यस्तै फिल्ड सहायक फुलकुमारी चौधरी र रन्जित चौधरी लगायतका कर्मचारीले आफ्नो ब्याक्तिगत तर्फबाट सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा थारु पत्रकार संघ बारा जिल्ला कार्यसमितिका अध्यक्ष जियालाल चौधरी, इन्जोत मिडिया प्रा। लि। द्वारा संचालित रेडियो कोल्हबीका सिईओ ज्ञानेन्द्र चौधरी, प्रबन्ध निर्देशक अनिल प्रित चौधरी र सोही रेडियो कोल्हबीका समाचार वाचक रमेश चौलागाइको उपस्थितिमा चेरवन्त खबरको प्रबन्ध निर्देशन नविन चौधरी र सम्पादक नन्देश्वर चौधरीलाई सहयोग दिइएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu