मलेसियामा एकै कम्पनीका ३३ जना नेपालीमा कोरोना संक्रमण/जम्मा ५३ जना नेपाली संक्रमित।

Saturday 9 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसियामा ):= मलेसियामा कोरोनाको संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मलेसियामा रहेका विदेशी कामदारहरु यसको प्रत्यक्ष मारमा पर्न थालेका छन् । अहिले मलेसियन नागरिकलाई मात्रै नभई विदेशी कामदारहरुमा समेत कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि मलेसियामा रहेका नेपालीहरु पनि त्रसित हुन थालेका छन् ।

आज मे ९ तारिख शनिबार सम्म ५३ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने पेडास , रेम्बाउ भन्ने ठाउँमा अवस्थित कुखुराको मासु उत्पादक एक कम्पनीमा कार्यरत बिदेशी कामदारहरुमा कोरोना जाँच चलिरहेको छ । सो कम्पनीमा सयौंको संख्यामा नेपाली श्रमिक कार्यरत छन् । सो कम्पनीमा चेकजाँच गर्दा आजसम्म ३३ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना मार्फत सार्वजनिक गरेका छ्न।
यो संगै मलेसियामा कोरोनाले संक्रमित नेपालीको संख्या जम्मा ५३ जना पुगेको छ्न , जसमध्ये ३ जनाले उपचार सकिएर निको भैईसकेको सम्बन्धित निकायले जनाएको छ ।
अहिलेसम्म मलेसियामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ८९ पुगेको छ । त्यसमध्ये ४ हजार ९ सय २९ जना निको भैईसकेको छ्न भने अझै १ हजार ५ सय ५२ जना अस्पतालमा उपचाररत रहेका छन् । कोरोना भाइरसका कारण अहिले सम्म मलेसियामा १ सय ८ जनाको मृत्यु भइसकेको छ।हिजो शुक्रवारसम्म मलेसियामा ४५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर आज सो संख्यामा ८ जना थपिएर, बढेर ५३ जना पुगेको हो , तर कोरोनको संक्रमणका कारण अहिलेसम्म कुनैपनी नेपाली श्रमिकको मृत्यु भएको छैन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu