क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा शुक्रबार पनि नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ ।
मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने रेम्बाउ भन्ने ठाउँमा अवस्थित कुखुराको मासु उत्पादक कम्पनीमा कार्यरत स्वदेशी संगै बिदेशी श्रमिकहरुको स्वास्थ्य जाँचको क्रममा विभिन्न देशको श्रमिकसंगै २५ जना नेपालीमा कोरोना संक्रमण देखिएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै सो कुराको खुलासा गरेका हुन।
सो कम्पनीमा काम गर्ने एक जना कामदारमा सुरु सुरुमा ज्वराे, रुघाखोकी , सास फेर्न गाह्राे हुने लक्षण देखिएपछि जाँच गर्न अस्पताल लगिएकाे थियाे । जसलाई जाँच गर्दा काेराेना देखिएकाे थियाे । त्यसपछि सो कम्पनीमा कार्यरत सम्पुर्ण श्रमिकलाई चेकजाँच गर्दा नेपालीमा समेत कोरोना लागेको पुष्टि भएको हो ।
कोरोना पुष्टि भएको नेपाली श्रमिक २५ जना संगै १८ जना बंगलादेशि, ८ जना ईन्डाेनेसियन र २ जना म्यानमार देशको रहेको सुचनामा जनाइएको छ ।
बिहिवार मात्रै ९ जना नेपाली सेक्युरिटी गार्डमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो , तर कोरोनाले नेपालीको मृत्यु भने भएको छैन ।
यो संगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या जम्मा ४५ जना पुगेको छ्न , जसमध्ये ३ जनाले स्वास्थ्य लाभ लिई निको भैइसकेको छ्न भने बाकी उपचाररत रहेका छ्न।