काठमाडौँ, २०७३ भाद्र ५ गते / थारु कल्याणकारिणी सभा उपत्यका समितिको सातौँ अधिवेशन यहि मिति २०७३ भाद्र ११ गते राजधानीमा सम्पन्न हुन गैरहेको छ

Sunday, 21 August 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौँ, २०७३ भाद्र ५ गते / थारु कल्याणकारिणी सभा उपत्यका समितिको सातौँ अधिवेशन यहि मिति २०७३ भाद्र ११ गते राजधानीमा सम्पन्न हुन गैरहेको छ / उक्त अधिवेशनका तयारी पनि तिब्र रुपमा अगाडी बढी रहेको छ र यस अधिबेशन लाई व्यवस्थित र मर्यादित बनाउनका निम्ति विभिन्न उप- समितिहरु गठन गरिसकेको छ / सो उप-समितिहरुमा आर्थिक उप-समिति, स्वयम् सेवक उप-समिति, प्रचार प्रसार उप-समिति, मंच व्यस्थापन उप-समिति र भोजन व्यस्थापन उप-समितिहरु छन् /
थाकस उपत्यका समितिको प्रथम सभापति श्री अमृत प्रसाद खाँ थारु, श्री शिवनारायण चौधरी, श्री नेमसिंग थारु, श्री प्रेमिलाल चौधरी लगायत लाई उहाहरुको सफल कार्यकाल र गर्नु भएको योगदानका लागि सम्मान गरिने भएको छ /
उक्त सातौं अधिवेशन सम्पन्न गर्नका निम्ति सदस्यता वितरण र नवीकरण कार्यक्रम सम्पन्न भई सकेको छ / करिब ५०० साधारण सदस्य रहेको थाकस उपत्यका समितिको अधिवेशनका निम्ति र नयाँ नेतृत्वका निम्ति प्रतिस्पर्धा सुरु भईसकेको छ / सो अदिवेशन बाट निर्वाचित हुने कार्यसमितिका निम्ति दुई दर्जन भन्दा बढी उम्मेदवारहरु देखा परेका छन् / ११ सदस्यीय उपत्यका समिति र विभागका निम्ति यस पटक कडा प्रतिस्पर्धा हुने देखिन्छ /
यस सातौं उपत्यका अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गराउनका निम्ति थाकस केन्द्रीय समिति केन्द्रीय सचिवालय सदस्य श्री रामकृष्ण चौधरी लाइ निर्वाचन अधिकृत तोकिएको छ /
थाकस उपत्याका समितिको कार्यसमितिमा बाँके, दाङ्ग, नवलपरासी, रौतहट, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाहरु बाट नेतृत्व गरिसकेकान छन् /
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu