२०७३/५/२८भदौ,मङगलबार,(Admin)
दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा १ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला पारेका थिए ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको रु ५००।– र रु १००।– का रु ५०,००० कोे बिटो प्रहरीलाई बुझाएका हुन् ।
उनले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुनसक्ने उल्लेख गर्दै सम्बन्धित व्यक्तिको पहिचान गरी रकम फिर्ता दिलाउन प्रहरीलाई आग्रह समेत गरेका छन् ।
यो सबै कामले नै थाहा लग्छ्न कि नेपालका आदिवासी भुमीपुत्र थारुहरु कति इमानदार,सोझा साझा,मेहिनति हुन्छ्न भनेर सरकारको थारुको काम काज र हक अधिकार तिर चाडै नै ध्यान जाओस् ।।।